साजिर मन्सूर
कलैया,भदौ १४
नेशनल प्याब्सन बाराले कलैया उप-महानगरपालिका स्तरिय हाजरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । आज कलैयाको मेरिगोल्ड बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा सुहानी ईङ्लिश बोर्डिङ्ग स्कुल दोहरि प्रथम भएको छ । सुहानि बोर्डिङका तर्फबाट आदित्य कुशवाहा,सुहानी साह
र रोनित चौधरीको टिम प्रथम भएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी गराएका छन । त्यस्तै मेरी-गोल्ड से ई बो स्कुल ,कलैया दोस्रो भएको छ । मेरि गोल्डको तर्फबाट आर्दश बैठा,कुन्दन यादव र अस्मिता राय यादवको टिम सहभागी थियो । तेस्रो इन्टरनेशनल स्याम्बोसिक ई बो स्कुल ,कलैया भयो । तेस्रो हुने बिधालयका तर्फबाट हरिओम कुमार यादव,सक्षम चौधरी र नरमादा कुशवाहा सहभागी थिए । बिजेताहरुलाई विभिन्न पुरस्कार बितरण गरिएको छ ।
बिनोद मणि महतोको अध्यक्षता तथा जिल्ला अध्यक्ष प्रभुलाल प्र कुशवाहाको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा बिशिष्ट अतिथी पुनदेव चौधरी,मदन रिजाल,सिकिन्द्र प्र कुशवाहा ,गौरीशंकर प्र कुशवाहा , सुनिल साहको उपस्थिति थियो ।
प्रतियोगिता को संचालन बसन्त धिमिरे ले गरेका थिए ।







