साजिर मन्सूर
कलैया,भदौ १६
नेपाली काङ्ग्रेस बाराका सचिव तथा समाजसेवी राजेश रौनियारले स्थानिय कलाकारहरुको प्रतिभा र सफलताको लागि आवश्यक सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन् ।
भोजपुरी गायक बारा जिल्ला निवासी धर्मेन्द्र पटेल official you tube च्यानलको लागि आज बाराको सिमरा स्थित इच्छा होटेलमा भोजपुरि म्युजिक भिडियो एल्बम गजल लिखतानिको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रौनियारले यस्तो बताएका हुन ।
उनले भने, “कलाकारहरु समाजको ऐना हुन् । उनीहरुको मिहिनत, सिर्जना र संघर्षलाई सम्मान गर्नु हाम्रो साझा दायित्व हो । स्थानिय कलाकारहरुलाई आवश्यक सहयोग, प्रोत्साहन र अवसर दिन सके उनीहरुले मात्र होइन, सिंगो समाजले नै फाइदा पाउनेछ ।”
रौनियारले युवा पुस्तामा रहेको प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रममा सहभागिता, आर्थिक सहयोग र सिर्जनशीलतालाई मूल्याङ्कन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले स्थानिय तह, संघसंस्था र नागरिक समाज सबैले कलाकारप्रति जिम्मेवारीपूर्वक हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
उक्त अवसरमा एल्बमका गायक धर्मेन्द्र पटेल, शिवानी सिंह,नेहा राज एक्ट्रेस भावना सिंह मुम्बई,DOP डाइरेक्टर अनिश चौरसिया,वीरेन्द्र गिरी संयोजक सन्तोष गुप्ता,मेकअप आर्टिस्ट सुर्वि साह सहितकाको उपस्थिति रहेको थियो ।







