
कलैया । कलैया स्थित श्री सिदेस्वर खेल परिशरमा भैरहेको प्रथम स्वर्गीय भदैइ स्मृति नक आउट कृकेट प्रतियोगिता अन्तरगत आज भएको पहिलो सेमिफाइनल खेलमा बेनौलीले शितलपुरलाई २०० रनको फराकिलो अन्तरले पराजित गरि फाईनलमा प्रबेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गर्दै निर्धारित ओभरमा ४ बिकेटको छतिमा बेनौलिले २५५ रन बनाएको थियो । बेनौलिका लागि भुलावन यादबले सर्वाधिक ११५ रन बनाएका थिए भने आदिल अन्सारिले ५३ र मेराज आलमले ४६ रन बनाएका थिए । यता जवाफी ब्याटिङ्ग्मा उत्रेको शितलपुर ५६ रनमा नै अल आउट हुँदै आजको खेल गुमाउन पुगेको छ ।
शितलपुरका लागि फरहान मन्सूरले २० र सुनिलले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अन्कमा रन बनाउन नसकेका कारण फराकिलो रन अन्तरले खेल गुमाउन पुगेको हो । आजको खेलको म्यान अफ द म्याच भुलावन यादब घोषित भए ।
भोलिको दोश्रो सेमिफाइनल खेल भदै ११ र शितलपुर बिच हुने प्रतियोगिता ब्यवस्थापक सुदिप चौधरीले बताउनुभयो । रन रेटका आधारमा आजको खेल गुमाएपनी शितलपुरले भोलि हुने सेमिफाइनल खेलमा फेरि खेल्ने मौका पाएको हो ।