बिश्वास सम्बाददाता
बिरगंज भदौ २८ गते
जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २२ वर्षीय असहाब आलम ठकुराईलाईको अन्तेस्टीमा हजारौ नेपाली सहभागी भएका छन । शनिबार वीरगञ्जमा भव्य श्रद्धाञ्जलीसहित उनको अन्तिम संस्कार गरिएको छ । आलमको पार्थिव शरीर सहित निकालिएको श्रद्धाञ्जली यात्रामा हजारौँको सहभागिता रह्यो । मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरियो । श्रद्धाञ्जली कार्यक्रममा सहभागी स्थानीयवासीदेखि विभिन्न राजनीतिक,सामाजिक र नागरिक समाजका व्यक्तिहरूले आलमप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।दुई महिनाअघि मात्र वैवाहिक जीवनमा बाँधिएका आलमको काठमाडौँमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको परिवारजनले जनाएका छन् । उनी छाती र पेटमा दुई गोली लागेर गम्भीर घाइते भएका थिए। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।अचानक भएको निधनले परिवार, आफन्त र सम्पूर्ण मुर्ली बस्ती शोकमग्न बनेको छ। यता स्थानिय बिरगंज बासिले उनलाई सहिद घोषणा गरि परिवारलाई ब्यवस्थापन गर्नुपर्ने माग गरेका छन ।







