साजिर मन्सूर 

कलैया, असोज ३ 

संविधान दिवस २०८२ को अवसरमा शुक्रबार बारा जिल्लाको पचरौता नगरपालिका ८ लङ्गडा चौकमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

 

कार्यक्रममा प्रुमुख अतिथि काङ्ग्रेस बाराका सचिव युवा नेता  राजेश रौनियारले वृक्षारोपणमार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

रौनियारले संविधान दिवसले राष्ट्रिय एकता, लोकतन्त्र र स्वतन्त्रताको सन्देश दिने भएकाले यसलाई वातावरणमैत्री गतिविधि जोडेर मनाउनु सबैका लागि प्रेरणादायी भएको बताएका छन । उनले देशमा हालको ब्यवस्था ल्याउन हजारौ नेपाली जनताले प्राणको आहुती दिएकाले यो उपलब्धि को संरक्षण र प्रवर्द्धन हामी सबै नेपालिको कर्तब्य भएको बताएका छन । कोहि कसैले ब्यक्तिगत स्वार्थ सिद्द गर्न सम्बिधान मास्ने सपना नदेखे हुन्छ भन्दै यसका लागि सम्पुर्ण युवा एकजुट रहेको बताएका छन ।

यस्ता वृक्षारोपण अभियानलाई निरन्तरता दिने र चौक–चोकमा हरियाली फैलाउने योजनाको समेत जानकारी दिएको छ।

लङ्गडा चौकको सार्वजनिक बजार स्थलमा टिक,निम,अम्बा,आँप,पिपल,बर्गज,आवला गरि २१ थान बिरुवा र अस्थाई प्रहरी पोस्ट लङ्गडा को हाताभित्र आपको बिरुवा बृछारोपण गरिएको हो ।

 

नेपाली काङ्ग्रेस पचरौता नगर कार्यसमितिका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष सर्वजित राय यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस बाराका सचिव राजेश रौनियारको प्रमुख आतिथ्यमा भएको बृछारोपण कार्यक्रममा काङ्ग्रेस बाराका सह सचिव प्रमोद यादव,नेबि संघ बाराका अध्यक्ष प्रबिण पटेल,उपाध्यक्ष बिनय राज शर्मा,सचिव सुमित श्रीवास्तव,जिल्ला सदस्य दिनेश पास्वान, प्रदिप कुमार सहनी,मुन्ना पटेल,अस्थाई प्रहरी पोस्ट लङ्गडाका प्रमुख असैइ रामदुलार यादव,धर्मेन्द्र यादव,बिरबहादुर साह,रामाशन्कर चौधरी,अवध किशोर यादव,उमाशनकर जयस्वाल लगायत सयौको संख्यामा स्थानीय समुदायका अगुवा, विद्यार्थी, समाजसेवी तथा नगरबासीहरूको उपस्थितिमा विभिन्न प्रजातिका वृक्ष रोपिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर