साजिर मन्सूर 

कलैया,असोज १०

प्रादेशिक अस्पताल कलैयामा बिरामिलाई निशुल्क दिनुपर्ने सामान्य औषधिको समेत अभाव रहेको बिश्वास एफएम को समाचार पछि जिल्ला स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादवले आज विभिन्न औषधि हस्तान्तरण गरेको केही बेरमै बाराका पालिकाहरुले समेत सहयोग गरेका छन । आजै महागढिमाई नगरपालिकाले प्रादेशिक अस्पताल कलैयाका स्थानिय मेडिकल अफिसर डा. ओमप्रकाश कुश्वाहालाई २० हजार पारासिटामोल उपलब्ध गराएको छ । महागढिमाईले आईतवार जिवनजल ६०० पिस दिने प्रतिबद्धता समेत जनाएको छ । यस्तै प्रसौनि गाउपालिकाले १ हजार पारासिटामोल,१०० जीवन जल दिएको छ ।

यता आजै देवताल गाउपालिकाले ६ हजार पारासिटामोल,४५० जिवनजल उपलब्ध गराएको कलैया अस्पतालका मेडिकल अफिसर कुश्वाहाले जनाएका छन । यस्तै सुवर्णले १५ सय पारासिटामोल,जिवनजल ४०० सय,एमोक्सोस्लिन १ हजार,हाईब्रो ३ सय,र्यानिटिडिन ५ सय  उपलब्ध गराएको छ ।

कलैया उपमहानगरपालिकाले केनुला १००,आईबी सेट २५,जिवनजल १००,पारासिटामोल १ हजार दिएको छ ।

करैयामाई गाउपालिकाले समेत प्रादेशिक अस्पताल कलैयालाई जिवनजल ५०० पिस दिएको छ ।

अस्पताल का स्थानिय मेडिकल अफिसर डा. ओमप्रकाश कुश्वाहाले पालिका पालिका पुगेर सो औषधि संकलन गरेका छन ।

पालिकाहरु सङ्ग सहयोग माग्दा सहयोग गरेका पालिकाहरुलाई अस्पतालका मेसु डा. अजय गुप्ताले धन्यवाद दिएका छन ।

आजै स्वास्थ्य कार्यालय बाराले पारासिटामोल ४८ हजार गोटा,जीवन जल १२ सय प्याकेट,एमपि स्लिन ५० वटा,पेन्टाफास्ट ट्याबलेट ११२०० गोटा,डेक्स्ट्रोज २५ वटा,सेक्ट्राजोन १ सय पिस,मेटृन्डाजोल ट्याबलेट ८ हजार गोटा अस्पतालको स्टोर सहायक मनोज यादवलाई हस्तान्तरण गरेको थियो ।

यता प्रदेश सरकारको मातहतमा रहेपनी कलैया अस्पतालमा कैयौ महिना देखि औसधि अभाव हुदा संबंधित निकायलाई मतलब नभएको सरोकारवाला ले बताएका छन । प्रदेश आपूर्तिले समेत कार्यबिधी नबन्दा औषधि खरिद हुन नसकेको बताएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर