बिश्वास सम्बादाता 

कलैया,असोज ११

महिला पत्रकार उपर समाजिक सन्जालमा गरिएको भ्रामक खबर प्रति महासंघले आपती प्रकट गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै कार्वाहिको माग गरेको छ । नेपाल पत्रकार महा संघ बाराका सह सचिव ईन्दिप कोईरालाले बिग्यप्ती निकालेर यस्तो बताएका छन ।

बिग्यप्तिमा भनिएको छ ।

कलैया उपमहानगरपालिका-१ निवासी पत्रकार अञ्जली कुमारी गुप्तामाथि देवताल गाउँपालिका निवासी पत्रकार मोहनलाल पण्डितले सामाजिक सञ्जालमार्फत भ्रामक खबर प्रचार गर्ने आशयका आधारहीन सामग्रीहरू सार्वजनिक गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ, बारा शाखा गम्भीर चिन्तित भएको छ।

 

व्यक्तिगत जीवनमा भ्रामक टिप्पणी गर्ने वा लाञ्छना लगाउने कार्य कुनै हालतमा स्वीकार्य छैन। महिला पत्रकारहरूको सुरक्षा, मर्यादा र सम्मान सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।

 

यस घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं। साथै, पत्रकार अञ्जली कुमारी गुप्ताको सुरक्षा र मानसिक सान्त्वनाको सुनिश्चिततामा सबै पक्षको सहयोगको अपेक्षा गर्दछौं।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर