साजिर मन्सूर
कलैया,असोज १३
महागढीमाई नगरपालिकामा अवस्थित श्री गढीमाई मन्दिर व्यवस्थापन समितिको २०८२ को अध्यक्षमा रामचन्द्र साहलाई चयन गरिएको छ।
आजै नव गठित समितिका पदाधिकारीहरूले औपचारिक रूपमा नगर प्रमुख उपेन्द्र प्रसाद यादव बाट पदभार ग्रहणसँगै सपथ ग्रहण गरेको महागढीमाई नगरपालिकाले जनाएको छ। समितिमा विभिन्न पदाधिकारीहरूको सर्वसम्मत चयनसँगै मन्दिरको धार्मिक, सांस्कृतिक तथा संरचनागत विकासलाई थप प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।
नगर प्रमुख उपेन्द्र प्र यादवले नवनियुक्त श्री गढीमाई मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साह लगायत सम्पूर्ण पदाधिकारीहरुलाई फुलमाला र टिका लगाई पदभार ग्रहण गराएका हुन्! उनले श्री गढीमाई मन्दिर र वरिपरिको क्षेत्रको पुर्ण ब्यवस्थापनको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न समितिलाई हार्दिक शुभकामना व्यक्त गरेका छन ।
नगरपालिकाले गढीमाई मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न यस समितिको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
समितिको उपाध्यक्षमा कैलाश महतो कोइरी,उपाध्यक्ष बिरेन्द्र प्रसाद यादव, सचिव राजेन्द्र साह लहेरा,सह सचिवमा साजन गुप्ता,कोषाध्यक्षमा दिपप्रकाश गुप्ता,सदस्यहरुमा अंगद पाण्डे, प्रभु प्रसाद,बजिति बनिता जयसवाल,मनोज प्रसाद यादव,रामदेव चौरसिया,अमित सिंह,शानमति देवी राम,कपिल देव चौधरी (पदेन सदस्य),धर्मेन्द्र प्रसाद यादव,सुनिता देपी कुमारी (सदस्य),रेनु देवि सिंह रहेका छन । यस्तै सदस्य सचिवमा महागढिमाई नगरपालिकाका गणनायक ठाकुर चयन भएका छन।







