साजिर मन्सूर
कलैया,असोज १७
दशैँ मनाउन टीका थाप्न घरबाट बाहिर गएका थुप्रै परिवारको घरमा चोरी भएको पीडितहरुले गुनासो गरेका छन्। पीडितहरुले भनेको अनुसार घरेलु सामान,नगद र गहना चोरी भएर गुमेको छ, तर स्थानिय प्रहरी हालसम्म सक्रियता जनाउन नसकेको आरोप लगाइएको छ।
अहिले केही बेर अगाडी रास्ट्रीय अनुसन्धानका पुर्व डिएसपी स्वर्गीय बिष्णु थापाको घरमा चोरी भएको खबर प्राप्त भएको छ । हप्ता दिन नबित्दै भरत जोशी,भैरव खनाल,बिमल शर्मा,सृजना कोईरालाको घरमा चोरी भैसकेको पीडितहरुले बताएका छन।
घटनाका पीडितहरुले दिएको जानकारीअनुसार, दशैँका दिन र हिजोबाहेकका समय घर नखुल्ला भनेर विश्वास गरी टीका थाप्न घरबाट बहिर गएका बेला अपरिचित व्यक्तिहरुले घर भित्र पसेर सामान झिकेर लगेका हुन्। एक पीडित निलेश घिमिरेले भने, “हामी टीका लगाउन गएपछि घर फर्केर आउँदा ढोका खुल्लै थियो र भान्सा, कोठा सबै अराजक देखियो — नगद र सुनका गहना चोरी भएको छ ।
रामराजा बहुमुखी क्यामपसका सहायक क्याम्पस प्रमुख सुबाष तिमिल्सिनाले आरोप लगाएका छन् कि प्रहरी नजिकै भए पनि घटनाको बारेमा तत्काल जानकारी नहुँदा पीडितहरु असुरक्षित महसुस गरिरहेका छन्। “हामीले प्रहरीलाई खबर गर्दा पनि कारबाहीमा ढिलाइ भएको महसुस भयो,” अर्को एक पीडितले भने।
बारा प्रहरी प्रवक्ता डिएसपी बिजय राज पन्डितले घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ र आवश्यक प्रमाणसहित उजुरी पाएपछि अनुसन्धान अघि बढाइनेछ। तर पीडित र स्थानीय बासिन्दाहरुले जिल्लाको सदरमुकाम कलैयामा यसरी चोरी को घटना हुदा पनि प्रहरीलाई थाहा नहुनु दु:खद भएको बताएका छन ।
नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दासले तत्काल यस बिषयमा प्रहरी प्रशासन गम्भीर हुन आग्रह गरेका छन ।
दासले प्रहरीलाई छानबिन तीव्र पार्न र ठोस अनुसन्धान शुरू गर्न माग गरेका छन्।
अहिले लागुपदार्थ दुर्ब्यशनीका कारण गाउघरमा चोरीको घटना बढ्दै गएको अधिवक्ता एवम नागरिक समाज बाराका उपाध्यक्ष एकरामुल हकले बताए ।
दासले यो सङ्गै दशैँको रुपमा घर खाली राख्दा छिमेकीसँग मिलेर निगरानी व्यवस्था, ढोकाका अतिरिक्त ताला/सुरक्षा उपकरण र मूल्यवान सामानको सुरक्षित स्थानमा राख्ने बचाउ सुझाव दिइएको छ।
घटनाले दशैँका अवसरमा बसोबास र आश्वासनको वातावरणमा चिन्ता बढाएको छ। पीडितहरुले कारबाही नहुँदा यदि घटनाहरू दोहोरिए स्थानीय स्तरमा सुरक्षा जोखिम थपिने चेतावनी दिएका छन्।







