साजिर मन्सूर
कलैया,असोज १९
बाराको कलैया–बिरगंज सडक खण्डस्थित दुधौरा पुल माथि टिकटक भिडियो बनाउने क्रममा दुई जना युवाहरू दुर्घटनावश पुलबाट नदीमा खसेका छन्।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पन्डितका अनुसार आज बिहान ९:३० को समयमा घटना भएको हो। टिकटक बनाईरहेका प्रसौनी गाउपालिका २ का २१ बर्षका बिक्की गोसाई र त्यही बस्ने अन्दाजी बर्ष २० को अनुराग केशरी नदिमा खसेका हुन । खसेका मध्ये एक जना अनुराग केशरी बाहिर आएको र अर्को एक जना बिक्की गोसाई बेपता भएको प्रहरी प्रवक्ता पन्डितले जनाएका छन । बेपता भएको गोसाईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी र स्थानीय युवाहरूको टोलीले बेपत्ता युवकको खोजतलास गरिरहेको छ।
प्रहरीले भनेको छ — “टिकटक भिडियो खिच्ने क्रममा नदिमा हाम फाल्दा उनीहरू नदिमा खसेका हुन्।”
साथै, प्रहरीले सामाजिक सञ्जालका लागि जोखिमपूर्ण स्थानमा भिडियो नखिच्न जनतालाई सचेत रहन आग्रह गरेको छ।







