बिश्वास सम्बादाता
कार्तिक ११ गते मंगलबार

बारा जिल्लाको पचरौता नगरपालिका-७ बेनौलीमा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम मंगलबार भव्यताका साथ सम्पन्न भएको छ । साथै कार्यक्रममा जसपा, लोसपा, काँग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी पाँच सय भन्दा बढ़ी नेता तथा कार्यकर्ताहरु एमाले पार्टीमा प्रवेश गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नव प्रवेशी वडा नम्बर १ का जसपा वडा अध्यक्ष प्रत्यासी श्रीराम साह लगायतका नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेकी पॉलीट ब्यूरो सदस्य तथा पूर्व संघीय मन्त्री जवाला कुमारी साह, संबिधान सभा सदस्य बलबीर चौधरी, जिल्ला अध्यक्ष अध्यानन्द पांडेय, उपाध्यक्ष भूलन चौधरी, नगर प्रमुख जलन्धर सिंह लगायतले स्वागत तथा बधाई दिनुका साथै फुलमाला, अबिर र गमछा ओढ़ाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री साहले पचरौता नगरपालिका लगायत अन्य स्थानमा पनि एमाले पार्टी प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए ।

यसैगरी अर्का नव प्रवेसी वडा न. १ का वडा अध्यक्ष प्रत्यासी बिरेन्द्र प्रसाद साहले पुर्व मेयर रमेश यादव जातीबादमा फसेको र अघिल्लो चुनावमा पार्टीको उम्मेदवारलाई सहयोग नगरी आफ्नो जातको उम्मेदवारलाई सहयोग गरेको आरोप लगाउदै समग्र पचरौताको बिकाश जलन्धर सिंहज्यूबाटमात्र सम्भव रहेकोले आफू सहयोग गर्न नेकपा एमालेमा प्रवेश गरेको बताए ।

वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेव प्रसाद यादवको अध्यक्षता तथा पूर्व मन्त्री साहको प्रमुख आतिथ्यतामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री साहसहित पचरौता वडा नम्बर ४ का वडा प्रत्यासी बैधनाथ यादव, जिल्ला उपाध्यक्ष भूलन चौधरी, संबिधान सभा सदस्य बलबीर चौधरी, बारा जिल्ला अध्यक्ष अध्यानंद पांडेय, मधेश प्रदेश कमिटी सदस्य तथा पचरौता नगरप्रमुख जलन्धर सिंह लगायतकाले आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा उप नगर प्रमुख नसीमा खातून, वडा अध्यक्ष बनारसी बिन, धेनुक राउत कुर्मी, स्थानीय नेताहरु नेवाजी अंसारी, प्रभु शर्मा, सुनील यादव लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादवले गर्नुभएको थियो।
उक्त कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पर्सा जिल्लाका गायक अनिल वर्माको सांगीतिक समूहले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर