भुवन यादव
कलैया,कार्तिक १६
बाराको फेटा गाउँपालिकाको एक विद्यालयमा रास्ट्रीय युवा संघ नेपाल बाराका अध्यक्ष युवा नेता सद्दाम अंसारीको पहलमा ४० जना गरिब तथा बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
अध्यक्ष अन्सारीले फेटा गाउँपालिका वडा नं ७ गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४० जना गरिब विद्यार्थीलाई ब्याग, कपी, कलम, पेन्सिल, इरेजर र सार्पेनेर वितरण गरेका हुन्।
अन्सारीले सो छेत्रका बिपन्न असहाय दलितका छोराछोरीका लागि शिक्षामा सहयोग गर्दै आएको स्थानीयले बताएका छन ।
एसएमसीको सहयोगमा सो शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पप्पु सिंह, शिक्षक यारमहम्मद अंसारी, युवाहरु अकबर मिया, तुफान अन्सारी, जोखन साह, सन्दिप राम, प्रवेज अन्सारी, अर्जुन मिश्र लगायतका हरुको सहभागिता रहेको थियो।







