साजिर मन्सूर
कलैया,कार्तिक १६
जितपुर सिमरा उपमहानगरपालिका १८ का वडा अध्यक्ष चतुर बाबू वाग्लेले सार्वजनिक जग्गामा बृछारोपण गराएका छन ।हलखोरिया साझेदारी बन उपभोक्ता समिती र राष्ट्रिय जनवोकालत मंच,नेपाल ( नाफान ) को जितपुर सिमरा उपमहानगरपालिका संगको भएको त्रिपक्षीय सम्झौता अनुसार वडा नं १८ रहेका दलित, बिपन्न समुदाय लाइ कृषि पेसा मा आबद्ध गराइ आर्थिक लाभ गराउने र प्राकृति पर्यावरण जोगाउने उदेस्य अनुरुप वडाको उचिडिह खेल मैदान र स्वास्थ सेवा केन्द्रमा बांकी रहेको एक बिघा सार्बजनिक जग्गामा आँप र लिचि का बिरुवा रोपिएको हो ।
उक्त क्षेत्र को खाली भु भाग मा लक्षित समुदाय हरुलाइ अन्तर बाली ( तरकारी बाली ) लगाउन सहभागी गराइने अध्यक्ष बाग्लेले बताए ।







