बिश्वास सम्बाददाता
चिउटाहा,कार्तिक १६
बाराको आदर्श कोतवाल गाउँपालिकामा भ्रष्टाचार र अनियमितताविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका युवा अभियन्ताहरू प्रदीप कुशवाहा र डिके सिंह (दिवेश सिंह) माथि झूटो आगजनी मुद्दा लगाएर फसाइएको भन्दै स्थानीय युवाहरूले घोर आपत्ति सहित प्रदर्शन गरेका छन ।
कुरा गर्न बोलाएर प्रहरीले नियन्त्रणमा लिएका कुशवाहा र सिंहको विना सर्त तुरुन्त रिहाइको माग गर्दै आजदेखि गाउँपालिकाको स्वास्थ्य शाखाबाहेक सम्पूर्ण सरकारी कार्यालय, निजी तथा सार्वजनिक स्कुल, व्यवसायहरू अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ ।
आन्दोलनरत युवाहरूले प्रेस विज्ञप्ति जारी गरि गत भदौ २७ गतेदेखि स्ट्रिट लाइट जडान, भ्रष्टाचार तथा अनियमितताविरुद्ध विभिन्न माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेपछि बिबाद सतहमा आएको थियो ।
तालाबन्दी भएपछी लेखा शाखामा आगो लागेको घटनालाई बहाना बनाएर अभियन्ता कुशवाहा र सिंहमाथि मुद्दा लगाई पक्राउ गरिएकोमा युवाहरु आक्रोशित बनेका छन । विज्ञप्तिमा भनिएको छ, “गाउँपालिका अध्यक्ष जवाहर साहले दादागिरी र भ्रष्टाचारविरुद्ध बोल्नेहरूलाई आफ्नो पैसा र पावरको बलमा जे पनि गर्ने प्रयास गरेका छन्, जुन सहनयोग्य छैन ।” वर्षौँदेखि पालिकाले घटिया गुणस्तरका बल्ब खरिद गरी केही दिनमै बिग्रिने अवस्था सिर्जना गर्ने, युवाहरूको गुणस्तरीय स्ट्रिट लाइट मागलाई बेवास्ता गर्ने, भेटघाट र वार्तासम्म नगरी तिरस्कार गर्ने जस्ता कार्यले युवाहरू तालाबन्दी गर्न बाध्य भएको दाबी गरिएको छ ।
आगजनीलाई प्रमाण नष्ट गर्ने षड्यन्त्रको रूपमा युवाहरुले लिएका छन । युवाहरुले माग पूरा नभएसम्म बन्द जारी रहने चेतावनी दिइएको छ ।
यता गाउपालिका अध्यक्ष जवाहर प्रसादले राजनितीक पुर्वाग्रह राखेर केहिले सोझा युवाहरुलाई झुक्याउन लागेको बताएका छन । प्रसादले दोशि चाहे आफ्नो बुवा वा छोरा नै भएपनि गलत गर्नेलाई कुनै हालतमा नछोड्न प्रहरी प्रशासन सङ्ग आग्रह गरेका छन । आफू स्वास्थ्य उपचारका लागि काठमाडौ गएका बेला बल्बको बिषयमा आन्दोलन गरेर बखेडा झिकिएको सबै आदर्श कोत्वालका जनताले बुझेको बताएका छन । उनले युवाका कुरा गर्ने ले भोलिको भबिस्य कहलिने स साना बिद्यार्थी को पठनपाठन समेत बन्द गराउनु कति सम्म जायज हो भनेका छन । उनले आफू सारा युवाको साथ मा रहेकाले कसैको बहकाउमा नलाग्न र सोझै हरेक समस्याको समाधान छलफल सहकार्य बाट गर्न आफू तयार रहेको बताएका छन ।







