साजिर मन्सूर
कलैया,कार्तिक १८
बाराको सुवर्ण गाउँपालिकाका एक वडा अध्यक्षमाथि एक गरिब महिलाबाट ३ लाख रुपैयाँ लुटेर फरार भएको आरोप लागेको छ।
सुवर्ण गाउपालिका ६ मुसहर्नाका ओजिर मिया कुजडा र उनकी श्रीमती मेरातुन नेशा सङ्ग भएको ३ लाख लुटिएको पिडितले बताएका छन । पिडितका अनुसार सुवर्ण गापा ८ का वडा अध्यक्ष सैबुल्लाह मिया कुजडाले आफुलाई मुक्काले मुखमा हानेर जमिनमा लडाएर सारिमा बाधिएको पैसा च्यातेर भागेको बताएका छन । कलैया प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पिडितले रुदै पत्रकार सङ्ग यस्तो बताएका छन ।
खातुनले आफ्नो छोरालाई छातिमा मुक्काले हिर्काउदा छोरा केही बेर अचेत समेत बनेको बताएकी छन । उनले प्रहरी प्रमुख सङ्ग आफुलाई न्याय दिलाउन आग्रह गरेकी छन ।
आज दिनको करिब ११ बजे को समयमा आफ्नो गाउबाट कलैया हिडेका दम्पती लाई मझरिया पानी टन्की नजिक वडा अध्यक्ष कुजडा सङ्गै ३ वटा मोटरसाइकल मा आएका ६ जनाले सो नगद लुटेर भागेको पिडिले बताएका छन। प्रहरी चौकी तेलकुवाबाट घटना लगत्तै प्रहरी सहायक निरीक्षक बिरेन्द्र साह कानु को नेतृत्वमा गएको टोलिलाई १० जना जतिको प्रत्यक्षदर्शीले वडा अध्यक्ष ले नगद लुटेको बताएका छन । प्रसनी गुप्ताले वडा अध्यक्ष लाई तत्कालै फोन सम्पर्क गर्दा फोन अफ रहेको र घरमा प्रहरी पठाउदा समेत उनी घरमा नरहेको बताए ।
पिडित महिलाले स्थानीय प्रहरीमा उजुरी दिँन जिल्ला प्रहरी कार्यालयमा गैरहेको बताएकी छन ।
यस बिषयमा बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पन्डितले अहिले सम्म यो बिषयमा जाहेरी न आएको र आउने बितिकै प्रहरीले छानबिन थाल्ने बताए ।
स्थानीय बासिन्दाहरूले पनि घटनापछि डराएका छन । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन्।
वडा अध्यक्ष कुजडालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएन्नन । वडा अध्यक्ष कुजडा माओवादी केंद्रबाट लगातार दुई पटक वडा अध्यक्षमा निर्वाचित भएका छन ।







