साजिर मन्सूर
कलैया,कार्तिक १९
कलैया उपमहानगरपालिकालाई “साक्षर पालिका” घोषणा गर्ने उद्देश्यले आज एक विशेष बैठक सम्पन्न भएको छ। उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख बिनोद साहको अध्यक्षतामा बसेको बैठकमा पालिकाभित्रका सबै वयस्क नागरिकलाई न्यूनतम साक्षरता दायरामा ल्याउने उद्देश्य, कार्ययोजना बारे विस्तृत छलफल गरिएको छ ।
उपमहानगर प्रमुख साहले बैठकलाई सम्बोधन गर्दै भने, “साक्षर पालिका घोषणा हाम्रो साझा गौरव हो। शिक्षित र सचेत समाज निर्माण हाम्रो प्राथमिकता हो।” उनले पालिकाको सबै टोल र बस्तीमा आवस्यक परे साक्षरता कक्षा चलाउनु परे चलाउने बताए।
शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले हाल पालिकाभित्र साक्षरता दर बढाउन आवस्यक प्रक्रिया र कक्षा सन्चालनमा जोड दिने बताएका छ्स्न । उनले अभियानमार्फत पालिकाका हरेकलाई साक्षर बनाउने लक्ष्य रहेको बताए। यादवले बिधालय बाहिर रहेका १५-६० बर्ष उमेर समुहका नगरबासिलाई साक्षर बनाएर पालिकालाई पुर्ण साक्षर घोषणा गर्ने योजना रहेको बताए ।
बैठकले साक्षरता अभियानलाई अझ प्रभावकारी बनाउन सामुदायिक सिकाई केंद्र,विद्यालय, स्थानीय समुदायबीच समन्वय बढाउने कुरामा छलफल गरिएको छ । अन्तिम नतिजा प्राप्त भएपछि निकट भविष्यमै कलैया उपमहानगरपालिकालाई “पूर्ण साक्षर पालिका” घोषणा गरिने तयारी गरिएको छ।
सो बैठकमा शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू, सामुदायिक सिकाई केंद्रका अध्यक्ष, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कारखाना समुहका प्रादेशिक कार्यक्रम प्रमुख निरज कुमार मिश्रले जानकारी गराएका छन ।







