काठमाडौं, कात्तिक १९, २०८२

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै सह–महामन्त्री फर्मुल्लाह मन्सुरले आम निर्वाचनअगाडि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । बैठकमा पहिलो वक्ताको रूपमा बोल्दै उनले नेतृत्व परिवर्तन गरेर, नयाँ र ताजा नेतृत्व लिएर चुनावमा जानुपर्ने बताएका हुन् ।

‘नियमित महाधिवेशन गर्न सकिन्न भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबमोजिम विशेष महाधिवेशनमा जानुपर्छ l यसमा दायाँ–बायाँ गरेर अलमल्याउन पाइन्न’, उनले भने ।

सह–महामन्त्री मन्सुर संस्थापन पक्षनिकट मानिन्छन् । उनले संस्थापन पक्षले बैठकमा वैशाखमा महाधिवेशन गर्ने भनी गरेको प्रस्ताव आफूलाई मान्य नभएको बताए ।

‘म पनि गत महाधिवेशनमा संस्थापन पक्षबाट नै विजयी भएको हुँ, तर वैशाखमा महाधिवेशन, संस्थापन पक्षको प्रस्ताव भनेर मिडियामा आएको कुरामा मेरो सहमति छैन,’ उनले थपे ।

सह–महामन्त्री मन्सुरले प्रस्ताव ल्याउने हो भने यो गुट त्यो गुटले नभई प्रस्ताव ल्याउने काम महामन्त्रीहरूको भएको पनि बताए ।

साभार-शिलापत्र

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर