साजिर मन्सूर
कलैया, कार्तिक २२
पर्साको बिरगंज महानगरपालिका स्थित घन्टाघर नजिक लिन्क रोडमा सञ्चालित ताज डेन्टल केयरले आयोजना गरेको निशुल्क दन्त स्वास्थ्य तथा सर्जरी शिविर सफलतापूर्वक सम्पन्न भएको छ।कलैया उपमहानगरपालिका २७ मा आयोजित एकदिने शिविरमा करिब १५० जना सर्वसाधारणले लाभ उठाएको ताज डेन्टलका सन्चालक बरिस्ठ सामान्य शल्य चिकित्सक डाक्टर कैश वारिस अन्सारीले जानकारी गराएका छन्।
उक्त शिबिरमा दन्त रोगको प्रारम्भिक जाँच, दाँत निकाल्ने, मसुडा सम्बन्धी रोगको उपचार, टार्टर क्लिनिङ, र साना सर्जरी सेवासमेत प्रदान गरिएको उनले जनाए । यस सङ्गै रोगीहरूलाई नियमित दन्त स्वच्छता र मौखिक स्वास्थ्यका बारेमा सचेतनामूलक सन्देशसमेत दिइएको ताज डेन्डलकै वरिष्ठ अर्थोडोन्टिक चिकित्सक डा.खुस्तार ताज अख्तरी नुरानीले जनाईन ।
शिबिरमा वडा अध्यक्ष अशोक तिवारीले जनताको अनुहारमा खुशी देखेर मन प्रशन्न भएको बताए । तिवारीले चेकजाँच बाट अपरेसन गर्नुपरेका वडा बासिका लागि आवस्यक सहयोगको प्रबन्ध मिलाउने बताए ।
डा.अन्सारीले दन्त स्वास्थ्यलाई बेवास्ता गर्दा हुने दीर्घकालीन असरबारे जानकारी दिँदै समयमै दन्त चिकित्सकको सल्लाह लिन आग्रह गरे। उनले भन्नुभयो, “दाँतको सानो समस्या पनि दीर्घकालीन रोगमा परिणत हुन सक्छ, त्यसैले नियमित जाँच अत्यावश्यक छ।”
शिविरमा ताज डेन्टल केयरका चिकित्सक, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय समुदाय, विद्यालयका विद्यार्थी र वृद्धवृद्धाहरूले शिविर संचालन गरेकोमा डाक्टर अन्सारी सहितको टिमलाई स्वागत गरेका थिए।
आयोजक संस्था ताज डेन्टल केयर ले आगामी दिनमा पनि यस्ता निशुल्क स्वास्थ्य सेवा कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस शिविरमार्फत समुदायमा मौखिक स्वास्थ्यप्रतिको चेतना र पहुँच दुवै बढाउने उद्देश्य रहेको ताज डेन्टल केयरले जनाएको छ।







