साजिर मन्सूर
कलैया, २६ कात्तिक
हालका वर्षहरूमा आधुनिक औषधि उपचारसँगै आयुर्वेदिक चिकित्सा प्रणालीप्रति पनि बिरामीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा दैनिक दैनिक ७५ भन्दा बढी बिरामीले सेवा लिइरहेका छन्।
आयुर्वेद चिकित्सक तथा चिकित्सालय प्रमुख डा.पुनिता केशरीका अनुसार सस्तो उपचार सेवा सङ्गै शरीरको प्राकृतिक सन्तुलन, रोगको मूल कारण पहिचान र दुष्प्रभावरहित उपचारका कारण बिरामीहरू आयुर्वेद तर्फ आकर्षित भएका हुन्। उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइ, छाला रोग, पाचन समस्या र तनाव जस्ता दीर्घकालीन रोगका बिरामीहरू बढी आउने गरेको डा.केशरीले जनाईन ।
अहिले ग्यास्ट्रीक समस्या, बाथ रोग, बवासिर,बगन्दर,छाला सम्बन्धि र स्त्री रोग को बिरामी बढी आउने र सन्तुष्ट हुने गरेको डा.केशरीले जनाएकी छ्न ।
“पहिले महिनामा मुश्किलले सय जनाले मात्र उपचार लिँथे, अहिले हरेक दिन ७५ जना भन्दा बढी बिरामी आउँछन्, प्रमुख डा. केशरीले बताईन। उनका अनुसार जडीबुटीजन्य औषधि र प्राकृतिक उपचार पद्धतिले दिर्घकालीन राहत दिलाउने भएकाले यसको विश्वास बढ्दो क्रममा छ।
स्वास्थ्यकर्मीहरूले आयुर्वेद सेवाको दायरा अझ विस्तार गर्न आवश्यक पूर्वाधार, औषधि र दक्ष जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।
सेवा लिन आएका एक जना युवाले चिकित्सालयमा उपचार गर्न आउदा एक पैसा पनि नलाग्ने र धेरै सहज उपचार सेवा मिलिरहेको भन्दै मन हर्सित भएको बताए ।
उनले न त पुर्जी कटाउन पैसा लाग्ने न त रगत को सेम्पल दिएर चेक गराउन पैसा लाग्ने र औसधि पनि निशुल्क उपलब्ध भैरहेको भन्दै सबै लाई यहाँ उपचार गराउन अनुरोध गरे ।
हाल चिकित्सालयमा कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा.पुनिता केशरि,हाेमियाेप्याथिक चिकित्सक डा. मुन्ना कुमार, ल्याब रजत बाबू केवट,पंचकर्म शयामबाबु यादव र सीता कुमारी यादव लगायतले सेवा दिईरहेका छन ।







