साजिर मन्सूर 

कलैया,कार्तिक २६

असंवैधानिक रुपमा मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई नियुक्त गरिएको भन्दै यादवको वर्खास्तिको  माँग गरिएको छ । बारा सदरमुकाम कलैयामा सात दलिय गठबन्धनले संयुक्त रुपमा हस्ताक्षर गरि यस्तो माग गरेको हो । गठबन्धन ले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

बिग्यप्तीमा भनिएको छ

मधेश प्रदेश सरकार गठन नेपालको संविधान २०७२ को मर्म र भावना विपरित मिति २०८२/०७/२२ गते मुख्यमन्त्री मा. जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले विश्वासको मतका लागि समय माँग गरेता पनि सभामुखले संसदको प्रक्रिया मिचेर अगाडी बढेको हुनाले मा. सोनलले राजीनामा दिएका थिए । नेपालको संविधानको धारा १६८ को (२) अन्तरगत सरकार गठन गर्ने विकल्पहरुको सम्भावना हुँदा हुँदै १६८ को (३) अनुरुप प्रदेश प्रमुखको कार्यालय मधेश भवन, जनकपुरधामबाट प्रदेश सरकार गठन नगरि मधेश प्रदेश र बागमती प्रदेशको सिमा सिन्धुली जिल्ला अवस्थित होटल पानस रेस्टुरेन्टमा गठन तथा सपथ ग्रहण कार्यक्रम चोरी-छिपी गराएको हुनाले असंवैधानिक मुख्यमन्त्री श्री सरोज कुमार यादवको वर्खास्तगीको माँग गर्दै मा. सोनलको नेतृत्वमा रहेको ७ दलिय गठबन्धनले जारी राखेको आन्दोलनमा मिति २०८२/०७/२५ गते प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरि घाईते भएका नेता तथा कार्यकर्ताहरुको शीघ्र स्वास्थ्य लाभको कामना सात दलिय गठबन्धन बारा नेपाल परिवारले गर्दछ । साथै बर्बरतापूर्ण दमन गर्ने प्रहरीलाई कार्यवाही गर्न नेपाल सरकारसँग सात दलिय गठबन्धन बारा जोरदार माँग गर्दछ ।

बिज्ञप्तिमा नेपाली काङ्ग्रेस बाराका जिल्ला सचिव भैयाराम यादव,जनमत पार्टी बाराका ईन्चार्ज शिवनाथ पटेल,जसपा नेपालका सह सचिव नन्दन गुप्ता,माओवादी केन्द्र्का मुकेश साह,लोसपा बारा अध्यक्ष नवल किशोर सिंह,एकीकृत समाजबादीका ध्रुब प्रसाद यादव,नागरिक उन्मुक्ति पार्टी का अशोक कुमार श्रेष्ठ ले हस्ताक्षर गरेका छन ।

बिज्ञप्तिलाई सदरमुकाम कलैया को भरत चौकमा समाचार बढि भन्दा बढी सम्प्रेषण गर्न नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वान तथा प्रदेश सदस्य साजिर मन्सूर सङ्गै अन्य पत्रकारहरुलाई हस्तान्तरण गरिएको जनमत पार्टीका नेता शिवनाथ पटेलले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर