साजिर मन्सूर 

कलैया,कार्तिक २९

 श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्था कलैया–१८ द्वारा आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता रह्‍यो। स्थानीय समुदायको सक्रिय उपस्थितिमध्ये एक महिला सहित कुल ७२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरी मानवीय सेवामा महत्वपूर्ण योगदान दिएको संस्थाका अध्यक्ष हुसेन मन्सूरले जनाएका छन ।

मोतिसर चौकमा सम्पन्न कार्यक्रममा स्थानियको उल्लेख्य सहभागिता रहेको थियो । जहाँ स्थानीय युवादेखि विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरू उत्साहपूर्वक उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष मन्सूरले नियमित रक्तदान प्रवर्द्धन गर्न यस किसिमका कार्यक्रम आवश्यक रहेको बताउँदै रक्तदाताहरूप्रति आभार व्यक्त गरे।

रक्त संकलन गरिएको रगत रक्त सन्चार केंद्र बिरगंजको प्राबिधिक सहयोगमा गरिएको हो ।समुदायमा रक्तदानप्रति बढ्दो जागरूकता र सहभागिताले समाजमा मानवीयता र सहयोगको भावना अझ बलियो बन्दै गएको अध्यक्ष मन्सूरको भनाइ रहेको छ।

कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति संस्था परिवारले धन्यवाद प्रकट गरेको छ।

कार्यक्रम सफल पार्न अनिल यादव,भिम गुप्ता,श्रवण कुमार,आलिम मिया,नाजिर हुसेन,अशोक यादव,भोला मिया र नौसाद मन्सूरले बिशेष सहयोग गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर