बिश्वास सम्बादाता
कलैया,कार्तिक २९
मङ्सिर ३ गते राष्ट्रिय युवा सङ्घ नेपाल मधेश प्रदेश कमिटी द्वारा बारा जिल्लाको परवानीपुरमा आयोजना हुने मधेस प्रदेश स्तरीय युवा जागरण अभियानको कार्यक्रम स्थलको आज अवलोकन गरिएको छ । कार्यक्रम स्थलको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बाराका इन्चार्ज ज्वाला कुमारी शाहले अनुगमन गरेकि हुन । उनी सङ्गै अनुगमन गर्नेमा केन्द्रीय सदस्य एकबाल मिया, संविधानसभा सदस्य बिचारी यादव,एमाले नेत्री सीता सुवेदी, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिव तथा एमाले प्रदेश कमिटी सदस्य मोबिन आलम, किसान महासंघ नेपालका केन्द्रीय सचिव उमेश गुप्ता तथा एमाले प्रदेश कमिटी सदस्य, खेलकुद महासङ्घ नेपालका केन्द्रीय सचिव तथा एमाले पर्साका लेखा समिति अध्यक्ष शिवजी गुप्ता, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, नेकपा एमाले विरगञ्ज महानगरका पूर्व अध्यक्ष कमरेड राजेन्द्र यादव, परवानीपुर गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष गजेन्द्र पटेल, एमाले नेता जलेन्द्र पटेल, नेकपा एमाले परवानीपुर गाउँपालिका कमिटीका उपाध्यक्ष दिपेश कुशवाहा, एमाले नेता रामानन्द शाह, युवा नेता सलीम आलम, धुर्व प्रसाद साह, प्रताप रिजाल लगायत स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। आउँदो बुधबार बिहान १० बजे देखि परवानीपुर चैनपुर चौकमा हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका महासचिव शंकर पोखरेल आउने कार्यतालिका रहेको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिव तथा एमाले प्रदेश कमिटी सदस्य मोबिन आलमले जनाएका छन । आलमले सो कार्यक्रममा बढी भन्दा बढी सहभागीताका लागि प्रदेशका सम्पूर्ण राष्ट्रवादी, न्यायप्रेमी युवाहरू, पार्टीका शुभचिन्तक, समर्थक, नेतागण तथा कार्यकर्ताहरुमा आग्रह गरेका छन ।







