बिश्वास डेस्क
कलैया,कात्तिक २९
जेनजी एण्ड युथ कलैया उपमहानगरपालिका कमिटीको गठन भएको छ । गठित कमिटिको संयोजकमा सौरभ पाण्डेय चयन भएका छन् ।
बाराको कलैयास्थित बारा उद्योग बाणिज्य संघको सभा हलमा शनिबार भएको भेलामा पाण्डेयको संयोजकत्वमा २० सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको सह-संयोजकमा सुमन जयसवाल र कोषाध्यक्षमा आकाश गुप्ता सर्वसहमतबाट चयन भएका छन् ।
त्यस्तै सचिवमा अशोक पण्डित,सह- सचिवमा ध्रुब माली र आनन्द गुप्ता चयन भएका हुन् । सदस्यमा उदय महतो,अर्जुन गुप्ता,आनन्द कुमार गुप्ता,राजेश कुमार साह,राकेश यादव,निरज साह,अभिशेष तिवारी,दिपेन्द्र साह,लालु कुमार गुप्ता,रामबालिक राम,संगम कुमार राजपुत,संजय पटेल,नितिश कुमार कुशवाहा,भोला यादव र राम पुकार चयन सर्वसहमत चयन भएका हुन।







