साजिर मन्सूर 

कलैया,कार्तिक ३०

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० कंचनपुरका महम्मद साहबजान अँसारीले आफ्नै छोरा समि अख्तर अँसारीबाट पीडित भएको दाबी गरेका छन्। बारा सदरमुकाम कलैयामा पत्रकार सङ्गको भेटमा उनले छोरा समि अख्तर अँसारीले घरभित्र राखिएको चेक चोरी गरी एनआईसी एशिया बैंक, जितपुर शाखाका म्यानेजरसँग मिलेमतोमा ८० लाख रुपैयाँको रकम भरी किर्ते हस्ताक्षर गरि चेक बाउन्स गराइ मुद्दा दर्ता गराएको आरोप लगाएका छन ।

 

चेक बाउन्स प्रकरणपछि छोराले सोही आधारमा बुवाविरुद्ध अदालतमा मुद्दा हालेको र त्यसका कारण आफू घरै बिहिन भएको अँसारीको रोदन छ। घरबाट निष्कासित जस्तै भएपछि छोरीको घरमा बस्न बाध्य भएको उनले बताएका छन्।

 

अँसारीका अनुसार छोराहरुलाई पहिल्यै अंश–बन्डा गरेर दिएको भए पनि जिविकोपार्जनका लागि केही जग्गा मात्र आफ्नै नाममा राखिएको थियो। सोही बाँकी जग्गा समेत हडप्ने उद्देश्यले छोराले जालझेलपूर्वक चेक बाउन्स मुद्दा थोपरेको उनको आरोप छ। उनले आफ्नो श्रीमतिलाई क्यान्सर भएर चेकजाँच गराउन गएको बेला छोराले यस्तो कुकर्म गरेको बताए । आफ्नै आमालाई अन्तिम छणमा समेत अस्पतालमा हेर्न समेत नजाने त्यस्ता पापी छोरालाई अल्लाहले समेत त्यस्तै फल दिने आँसु झार्दै बुवा अन्सारीले भने ।

 

उक्त विषयमा आरोपित छोरा समिअख्तर अँसारी सङ्ग बुझ्न खोज्दा उनले आफू बिहेमा भएकोले पछि कुरा गर्ने भन्दै फोन काटेका छन । त्यसतै बैंक पछ तर्फबाट भने आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।

घटनाबारे विस्तृत अनुसन्धान हुनुपर्ने स्थानीयको पनि माग छ। साथै स्थानियले अन्सारी अत्यन्तै सोझा सरल ईमान्दार भएको र उनलाई न्याय दिनुपर्ने संबंधित निकायसङ्ग गुहार गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर