साजिर मन्सूर 

कलैया,मङ्सिर १

श्री नेरामाबी सिस्वामहेशपुरका प्रधानाध्यापक राधाकृष्ण प्रसाद यादवले आफ्नै बिद्यार्थीले चिकित्सा शिक्षा आयोगमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्दा आफ्नो आँखा रसाएको बताएका छन।प्रधानाध्यापक यादवले कलैया २६ का राम आग्या प्रसाद यादवको कान्छो छोरा रमेश प्रसाद यादवले चिकित्सा सेवा आयोग ले लिएको परिक्षामा पुर्ण छात्रवृत्ति मा नाम निकालेर आफुहरु सङ्गै समग्र बिधालय र नगरको नाम उच्च गरेको बताएका छन । आज आफ्नै बिधालयमा सम्मान कार्यक्रमको आयोजना गरि पुर्व बिद्यार्थीलाई उनले सम्मान गर्न पाउनु सौभाग्यको कुरो भएको बताएका छन । उनले नाम निकालेका बिद्यार्थीले अत्यन्तै मिहिनेत गरेर पढ्ने गरेको र अनुशासनमा पनि नमुना पेश गरेको भन्दै यस्ता बिद्यार्थीले गर्दा तिनका आमा बुवा परिवार र समग्र समाजलाई गर्व हुनेमा बिश्वस्त भएको बताएका छन। आफ्नो बिद्यार्थी ले ३१४ नम्बरमा पुर्ण छात्रवृत्तिमा नाम निकालेको बताउदै पहिले भन्दा यो बिधालयको शैक्षिक गुणस्तर धेरै सुधार भएको ठोकुवा गरेका छन ।

 

कलैया उपमहानगरपालिका का शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले कलैया सरकारले समेत शिक्षा लाई प्राथमिकतामा राखेर काम गरिरहेकोले अब यस्ता बिद्यार्थी लाई अझ प्रोत्साहन मिल्ने बताए । अभिभावकको समेत महत्वपूर्ण सहयोग साथ मिले आजका युवा अझ उचाईमा जाने बताए । उनले यस्ता सम्मान कार्यक्रमले बिद्यार्थी को मनोबल बढ्ने र अन्य बिद्यार्थीको पनि हौसला बढ्ने बताएका छन ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सुबाश यादवको यादवको अध्यक्षता तथा कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा बिधालयका शिक्षक,अभिभावक,बिद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर