साजिर मन्सूर
कलैया,मङ्सिर १
नबिनता परियोजना अन्तरगत खेल्दै सिक्दै कार्यक्रम मा श्री नेरा आधारभुत बिधालय कलैया ३ बैनाथपुरका बिद्यार्थीलाई कारखाना समुहले खेल्दै सिक्दै सामग्री हस्तान्तरण गरेको छ ।
बिशेष कीट भित्र १० शीर्षकमा गरि २ हजार थप थान र सामान्य कीट भित्र ८० थान र त्यस सङ्गै बिद्यार्थी निर्देशिका पुस्तक २० थान हस्तान्तरण गरिएको उपाय सिटि कार्गो प्राली का डिलेभरी पार्टनर सुनिल लामिछानेले जनाए ।
कारखाना समुहको समाजिक परिचालक अनन्त कुमार यादवले यो परियोजना मार्फत कलैयाको २० वटा माध्यमिक बिधालय र २० वटा आधारभुत बिधालयमा यो कार्यक्रम लागू गरिएको बताएका छन। उनका अनुसार अहिलेलाई ८/८ वटा बिधालयमा परियोजना लागू गरिएको र अन्यमा बिस्तारै शुरु हुने बताईएको छ ।
सो अवसरमा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रेयाज हवारीको अध्यक्षता तथा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादव र शिक्षा समिति सदस्य महमद सगिरको रोहबरमा सामग्रीहरु हस्तान्तरण गरिएको छ । बिधालयका प्रधानाध्यापक छोटेलाल प्रसाद साहले यस्ता खालका शैक्षिक सामग्रीले बिद्यार्थीको गुणस्तर मा सुधार हुने अपेक्षा लिए । हाल यस बिधालयमा १५० जना बिद्यार्थी रहेको तर आवस्यक भौतिक संरचना अपुग भएको भन्दै यसमा संबंधित निकायको ध्यानाकर्षण कोलागी आग्रह गरे ।
अवसरमा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रेयाज हवारिले २०११ सालमा स्थापना भएको यो बिधालयमा अलिकती पानी पर्दा कक्षामा पानी पस्ने,भवन जिर्ण भएको बेला बेला माथिबाट सिमेन्ट ढुङ्गा खसेर बिद्यार्थी को टाउकोमा लाग्ने जस्ता समस्या रहेको बताए । शिशु कक्षा देखि ६ सम्म पढाइ हुने बिधालयमा आवस्यक शिक्षक को अभाव रहेको हवारिले बताए ।







