साजिर मन्सूर 

कलैया,मङ्सिर १

करदाता सेवा कार्यालय कलैयाले १४औँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रमका साथ धुमधामपूर्वक सम्पन्न गरेको छ। करदातामा करप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले सोमबार विशेष समारोह आयोजना गर्दै दिवस मनाएको हो।

कलैया ७ स्थित कार्यालय भवन हलमा भएको कार्यक्रममा करदाताहरुले कर प्रणालीलाई सरल, पारदर्शी र करदाता–मैत्री बनाउन कार्यालय प्रमुख अन्जु कुमारी कर्णलाई सल्लाह दिएका छन।

कार्यालय प्रमुख कर्णले पछिल्लो समय गरेको सुधार, सेवा विस्तार र डिजिटल कर प्रणालीका फाइदाबारे विस्तृत जानकारी गराएकि थिइन । उनले नियमित रूपमा कर तिर्ने उत्कृष्ट करदाताहरुलाई सम्मानपत्र प्रदान गर्दै कर दिवसको महत्वमाथि चर्चा गरेकि थिइन ।

करदाता सेवा कार्यालय कलैयाको प्रमुख कर्णले आगामी दिनमा कर प्रशासनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय सरोकारवालासँग सहकार्य बढाउने र कर शिक्षा कार्यक्रमलाई विद्यालय, उद्योग–व्यवसाय तथा समुदायसम्म लैजाने प्रतिबद्धता व्यक्त गरेकि छन।उनले हाल करदाता सेवा कार्यालय खारेज गरिएपनी अहिले त्यसबारे स्पष्ट पत्र नआएकाले आफुहरुले सेवा दिने बताईन।

 

कार्यालयले आफ्नो छेत्र अन्तरगतमा यो बर्षको उत्कृष्ट करदाताका रुपमा श्री शिवपार्वती एग्रो प्राली प्रसौनी ४ बारालाई सम्मान पत्रका साथ सम्मानित गरेको नासु रमेश प्रसाद कुर्मिले जानकारी गराएका छन ।

 

सो अवसरमा जब सम्म करदाताहरुलाई सहज हुदैन तबसम्म सेवा यहि बाट हुनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले कार्यालयलाई ध्यानाकर्षण गराएका छन ।

स्थानिय व्यवसायी, उद्योगी–व्यापारी, करदाता, कर्मचारी तथा सरोकारवालाको सहभागितामा सम्पन्न कार्यक्रममा कर प्रणालीप्रति जागरुकता, दायित्व र अधिकारबारे समेत जानकारी गराइएको थियो।

करदाता सेवा कार्यालयले कर दिवसलाई नियमित रूपमा संस्थागत गर्दै हरेक वर्ष थप प्रभावकारी र जनमुखी कार्यक्रमका साथ मनाइने जनाएको छ।

सो अवसरमा उधोग बाणिज्य संघ बाराका महासचिव रामाशिष साह कानु,कोषाध्यक्ष अजय कुमार बुढा,बिनोद तुलाधर,नासु रमेश प्रसाद कुर्मी,रणेस्वर कर्ण,प्रशुराम काफ्ले,मुनेन्दर प्रसाद यादव,कर सहयोगी चन्दन ठाकुर,विभिन्न करदाताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन मनोज प्रसाद गुप्ताले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर