साजिर मन्सूर 

कलैया,मङ्सिर ४

जिल्ला सदरमुकाम कलैयामा पछिल्ला दिनहरूमा चोरीको घटना बढ्दै गएको छ। प्रहरीलाई प्रत्यक्ष चुनौती दिँदै चोरीको घटनाहरू रोकिएको छैनन्। यही क्रमसँगै गत राति एक कलैया ४ मा अदालतको पुर्व पट्टि नजिकै रहेको कलैया ज्ञान बाटिका एकेडेमी ईङ्लिश बोर्डिङ स्कुलमा समेत चोरी भएको छ, जसमा २ थान कम्प्युटर,नगद १० हजार समेत चोरी भएको पुष्टि गरिएको छ। निशुल्क कपडा बितरण गरेर राखिएको दान पेटिमा रहेको नगद संकलन भएको दान पेटिका समेत फोडेर नगद चोरी भएको छ ।

बिधालयका प्रीन्सिपल बिरेन्द्र प्रसाद चौधरीका अनुसार मध्यराति अज्ञात समूहले स्कुलको पर्खालबाट अफिसमा रहेको झ्यालको रड तोडेर भित्र पसेर कम्प्युटर सेट, केही आवश्यक शैक्षिक सामग्री तथा कागजातहरू लिएर फरार भएका छन्। घटना बिहान स्कुलका कर्मचारीहरूले कक्षा खोल्ने क्रममा पत्ता लागेको हो।

स्कुल प्रशासनका अनुसार कम्प्युटरमा रहेका डेटा र शैक्षिक सामग्री स्कुलका लागि अत्यन्त महत्वपूर्ण भएकाले ठूलो क्षति पुगेको छ। लगातार भइरहेका चोरी घटनाका कारण अभिभावक तथा स्थानीयवासीमा समेत त्रास फैलिएको छ।

उता, प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। नजिकका CCTV फुटेज सङ्कलन भइरहेको र घटनामा संलग्न समूहलाई चाँडै समातिने विश्वास प्रहरीले व्यक्त गरेको छ। तर स्थानीयवासीले चोरी नियन्त्रणमा प्रभावकारी कदम नचालिएको भन्दै प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाएका छन्।

हालैका दिनहरूमा मोटरसाईकल, बजार, पसल, विद्यालय र घरघरमा भइरहेको चोरीका घटनाले प्रहरीलाई कडा चुनौती दिइरहेको स्पष्ट देखिन्छ। जनताको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित यस्ता गतिविधि रोकथामका लागि कडाइका साथ निगरानी तथा गस्ती बढाउन स्थानीयवासीले आग्रह गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार