साजिर मन्सूर 

कलैया,मङ्सिर ४

बारा जिल्लामा समसामयिक राजनीतिक, सामाजिक र विकासका मुद्दाहरूलाई संगठित रूपमा अघि बढाउने उद्देश्यसहित ‘राष्ट्रिय प्रगतिशील अभियान, बारा’ औपचारिक रूपमा घोषणा गरिएको छ। कलैयामा पत्रकार सम्मेलन को आयोजना गरी अभियानको घोषणा गर्दै पूर्व संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहाको संयोजकत्वमा भएको हो।

नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्माले पार्टी नेकपामा समाहित भएपछी आफुहरु यो अभियानलाई तिब्रता दिएको हो ।

घोषणा कार्यक्रममा स्थानीय राजनीतिक नेतृत्व, बुद्धिजीवी, युवाहरू तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संयोजक कुश्वाहाले मुलुकमा बढ्दो बेरोजगारी, पछाडि पारिएका समुदायका समस्या, शिक्षाको असमान पहुँच, स्वास्थ्य सेवा सुधार तथा सडकमात्रिक विकास जस्ता विषयमा अभियान सक्रिय रूपमा काम गर्ने बताउनुभयो।

कुश्वाहाले भने, “जनताको आवाजलाई शक्तिमा रूपान्तरण गर्न अब संगठित र प्रगतिशील अभियान अपरिहार्य छ। बारालाई समृद्ध र सुशासित जिल्लाको रूपमा स्थापित गर्न हामी निरन्तर जनतामैत्री कार्यक्रम अघि सार्नेछौं।”

अभियानले जिल्लामा सुगम सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, स्थानीय विकास, महिला–युवाको सशक्त सहभागिता, सामाजिक न्याय तथा सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। आगामी दिनमा वडास्तरदेखि जिल्लास्तरसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम, छलफल, प्रशिक्षण तथा अभियान विस्तार गरिने बताइएको छ।

अभियानमा जुट्न लागेका माओवादीका पुर्व नेता हसनजान अन्सारीले माओबादिको ईतिहास मिटाएर माओवादी नाम र पार्टीको चुनाव चिन्ह समेत लाई नेपाली कम्युनिस्ट पार्टी मा बिलिन गराएकाले समस्त माओवादी सहिद र तिनका सपनालाई पूरा गर्न यो अभियान मार्फत अगाडी बढिरहेको बताए ।

 

कार्यक्रमका सहभागीहरूले नयाँ अभियानले बाराको विकास र सुशासनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

 

घोषणा भएको समितिमा कुश्वाहा सङ्गै रन्जित पटेल,हसनजान अन्सारो,मगनी मुखिया बिन,शुभनारायण पटेल,भगवान गिरि,शिवजी महतो नुनिया,लालबाबु कलवार,प्रहलाद सहनी,बुलेट पटेल,बृजकिशोर यादव लगायतका नेताहरु

सहभागी छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार