साजिर मन्सूर
कलैया,मङ्सिर ५
कारखाना समुहले गुजरा नगरपालिकामा शिक्षा क्षेत्रका वर्तमान चुनौती, अवसर र सुधारका आयामलाई केन्द्रमा राख्दै एक गोलमेच बैठक सम्पन्न गरेको छ। नगरपालिकाको सभा हलमा कारखाना समुहको आयोजनामा सम्पन्न उक्त बैठकमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति (SMC) का प्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा नगर भित्रका सार्वजनिक विद्यालयको अवस्था, सिकाइ–नतिजा, शिक्षकको जिम्मेवारी, विद्यालय व्यवस्थापन, भौतिक पूर्वाधार, अभिभावकको भूमिका तथा नगर शिक्षा नीतिका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै गुजरा नगरपालिका उप प्रमुख रत्न लामाले अभिभावकहरुको पनि बोर्डिङमा पढाउदा बच्चालाई ध्यान दिने र सार्वजनिक मा पढाउदा ध्यान नदिने कारण शिक्षामा सोछे जस्तो उपलब्धि नआएको बताईन । कतिपय बिधालयका शिक्षकहरु बिद्यार्थीको सामने सुर्ती चुरोट खाने गर्दा बिद्यार्थीमा पनि अनुशासन हराउदै गएको बताईन । लामाले जेन्जी आन्दोलनपछि शिक्षा छेत्रमा प्रभाव परेको भन्दै शिक्षा शाखालाई आवस्यक कार्यक्रम बनाउन निर्देशन दिदै त्यसका लागी आवश्यक बजेट राख्ने प्रतिबद्धता जनाईन ।
चन्द्रपुर नगरपालिकाको उप प्रमुख जयमाला चौधरीले अहिलेको बालबालिकालाई अभिभावकहरुले बिगारेको बताईन । गुजरा नगरपालिकामा सार्वजनिक विद्यालय सुधार हाम्रो पहिलो प्राथमिकता रहेको लामा ले भनिन ।उनले शिक्षा नै विकासको आधारशिला भएकाले सबै पक्षको सहकार्य अपरिहार्य रहेको भनिन ।”
उनले अहिलेको जेन्जी आन्दोलन पछि बिद्यार्थीहरुले नै सरहरु सङ्ग आफुलाई हजुर भन्न लगाउने गरेको गुनासो आएको बताउदै बिधालयहरुमा मनोपरामर्ष सहजकर्ता राख्नुपर्ने सुझाव आएको उल्लेख गरिन । उनले बिधालय ब्यवस्थापन समिती ले ईमान्दारिपुर्वक जिम्मेवारी निर्वाह गर्न सके धेरै हद सम्म सुधार हुनेमा आफू आशाबादी भएको बताईन । बिधालयमा नैतिक शिक्षा अनिवार्य गर्नुपर्नेमा उनको जोड छ । आफुले चन्द्रपुरमा हरेक बिधालयमा बिद्यार्थीका लागि गुनासो पेटिका राख्न अनिवार्य गराएको र यसले धेरै राम्रो भएको बताएकी छन ।
गुजरा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शिवमङल प्रसाद साहले जेन्जी आन्दोलनमा यो पालिकामा त्यति छती नभएको बताउदै पछिल्लो दिनमा जेन्जी समुहका बिद्यार्थीमा केवल अधिकार को ज्ञान दिईएको तर कर्तब्य बारे थाहा भएको बताए । जेन्जी को नाममा बिद्यार्थी ले केवल शैक्षिक भ्रमण गर्न जान माग गर्न थालेको र पालिकाले नसक्दा धेरै अप्ठ्यारो स्थिती हुन थालेको बताए । उनले राज्यले बिद्यार्थी लाई फेल नगराउने नितिले गर्दा अत्यन्तै शिक्षामा अवस्था खस्कदै गएको सुनाए । शिक्षा सुधार गर्न अन्य संघसंगठनको सहयोग आवस्यक हुने जनाए । धेरै बिधालयमा बिषयगत शिक्षक बिना नै माबी सन्चालन भैरहेको तर्फ ईङित गर्दै यसले कस्तो गुणस्तर दिने प्रश्न गरेका छन । उनले रौतहटको १२४ माध्यमिक बिधालयमा केवल १९० माबी शिक्षक रहेको जसमा एउटै माबिका कैयौ माबी शिक्षक हुदा अन्यमा शून्य हुदा कसरी माबिको गुणस्तर राम्रो हुने प्रश्न गरे ? यहाँ शिक्षकमा पनि आफू नियुक्ति पाएकै बिधालय बाट रिटायर्ड हुनुपर्ने मनोवृत्ति पलाउदा शैक्षिक गुणस्तर खस्केको गुनासो गरे । आफुहरुले गर्न चाहेपनी राजनैतिक दबावले कहि बाकी नराखेको बताए । शिक्षा शाखाका प्रमुखले विद्यालयको अनुगमन, शिक्षक तालिम, डिजिटल शिक्षा र विद्यालयको पारदर्शिता सुनिश्चित गर्न आगामी दिनमा अझ कडाइका साथ नीति कार्यान्वयन गरिने बताए।
अभिभावक प्रतिनिधिहरूले विद्यालयमा अनुशासन, सिकाइको गुणस्तर तथा शिक्षक–विद्यार्थी सम्बन्धमा सुधारको आवश्यकता औंल्याउँदै नगरसँग निरन्तर समन्वयमा रहने प्रतिवद्धता जनाए।
आरडिसी सन्स्थाका अर्षद सेखले अहिले केवल बिद्यार्थी सङ्ग नभएर अभिभाव्क सङ्ग पनि काम गर्नुपर्ने अवस्था रहेको औल्याए । उनले जेन्जी पुस्ताको कुरा मात्र सुन्दिए धेरै समस्या समाधान हुन सक्ने बताए । उनले ती पुस्तालाई बेवास्ता गरिए अन्य देशको जेन्जिको कपि नेपालमा हुन थाल्ने तर्फ सचेत हुन सबैमा अनुरोध गरे ।
कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी चौधरी ,प्रधानाध्यापकहरु सन्जय चौधरी,रामेश्वर चौधरी,राजाराम चौधरी,सुशील कुमार कुश्वाहा,मनोज यादव,अभियान नेपालका सत्रुधन सिंह लगायतकाले गहकिला तर्कहरु र समाधानका उपाय समेत राखेका थिए ।
कार्यक्रममा विद्यालयमा समयपालन, कक्षा–अनुशासन र सिकाइमा केन्द्रित शिक्षण प्रविधि अवलम्बन गर्ने विषयमा जोड दिइयो।
कक्षा ३, ५ र ८ का सिकाइ उपलब्धि कमजोर भएकाले सुधारात्मक कक्षा, डिजिटल सामग्री प्रयोग, र सहकार्यात्मक शिक्षण लागू गर्ने प्रस्ताव राखियो।
अभिभावकको विद्यालयमा उपस्थिति कम हुँदै गएको पृष्ठभूमिमा SMC/PAC सक्रियता बढाउने, मासिक अन्तरक्रिया अनिवार्य गराउने सुझाव आयो।
केही विद्यालयमा शौचालय, खानेपानी, ICT प्रयोग, पुस्तकालय तथा खेल मैदानको अभाव रहेको तथ्य प्रस्तुत गरियो।
बालमैत्री वातावरण आवश्यक रहेको, काउन्सिलिङ सेवा अभावमा धेरै विद्यार्थी मानसिक दबाबमा परेको तथ्य राखियो। नगरपालिका शिक्षा ऐन, शिक्षक नियोजन व्यवस्था, अनुशासन कार्यविधि र अनुगमन प्रणालीलाई पुनरावलोकन गर्ने माग राखियो।
कारखाना समुहका मधेस प्रदेश कार्यक्रम सम्योजक निरज कुमार मिश्रले बैठकले सार्वजनिक विद्यालय शिक्षामा देखिएका चुनौती समाधान गर्न ६ बुँदे कार्ययोजना तयार गरेको बताए—उनका अनुसार
नियमित विद्यालय अनुगमन,
सिकाइ–नतिजामा सुधार केन्द्रित कार्यक्रम,
शिक्षक क्षमता विकास,
विद्यालय–अभिभावक समन्वय,
विद्यार्थी बाल–मैत्री वातावरण,
शिक्षा नीतिमा आवश्यक संशोधन।
बैठक सकारात्मक वातावरणमा सम्पन्न हुँदै सहभागीहरूले “गुणस्तरीय शिक्षा सबैका लागि” भन्ने साझा दृष्टिकोणलाई अघि बढाउने प्रतिबद्धता जनाए।
बैठकको सहजीकरण साजिर मन्सूरले गरेका थिए ।







