साजिर मन्सूर
कलैया, मंसिर ९
“प्रविधि को सहि प्रयोग गरौ,लैङ्िगक हिंसा अन्त्य गरौ”भन्ने नारा सङ्गै अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कलैयामा आज साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ३४ औ लैङ्िगक हिंसा विरुद्ध को १६ दिने अभियान लाई शुभारम्भ गरिएको छ ।
महिला अधिकारकर्मी,महिला तथा बालबालिका अधिकारकर्मी, स्थानीय अगुवाहरू, विद्यार्थी, विभिन्न संघ–संस्था र सर्वसाधारणको सहभागितामा हिंसा विरुद्ध एकताको सन्देशसहित दिप प्रज्वलन गरिएको हो।
कार्यक्रमका सहभागीहरूले घरेलु हिंसा, सामाजिक विभेद, दुरुपयोग, बलात्कार, मानव बेचबिखन लगायतका सबै प्रकारका हिंसात्मक घटनालाई अन्त्य गर्न समाजसँगै राज्यले पनि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए।
दिप प्रज्वलनपछि आयोजित संक्षिप्त सभामा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले महिला हिंसा रोकथामका लागि जनचेतना, कानुनी सशक्तिकरण, लैंगिक समानताको प्रवर्द्धन र पीडितलाई सहज न्याय दिलाउने व्यवस्थाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
सो अवसरमा पुर्व मन्त्री कलावती पास्वान,प्रहरी निरीक्षक दिलिप कुमार थापा,कलैया उपमहानगरपालिका को महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख नेहा केशरी ,साथ साथ सिकाई सन्जाल को जिल्ला अध्यक्ष सरस्वती खरेल,किसमती राम,निभा सिंह,मन्जु सुवेदी,मिना गुप्ता,बाल तथामहिला सेवा केन्द्र को बरिस्ठ कार्यक्रम सम्योजक उतिमलाल चौरसिया,सकारात्मक बिकास केंद्रका अध्यक्ष कृष्ण प्रसाद यादव,न्यु फ्रेन्डस क्लबका अध्यक्ष लुकमान खान,उज्यालो नेपाल बिकास संस्थाका अध्यक्ष साजिद मन्सूर लगायतकाको उपस्थिति थियो ।







