साजिर मन्सूर 

कलैया,मङ्सिर १५

पचरौता नगरपालिकामा मेयर जलन्धर सिंहले आर्थिक वर्ष २०८२/०८३ को बिनियोजित बजेटअन्तर्गत वडा नम्बर ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीमा नयाँ भवन निर्माण कार्यको शिलान्यास भव्य समारोहका बीच गरेका छन ।

आज आयोजित कार्यक्रममा नगर प्रमुख सिंहले विधिवत् रूपमा शिलान्यास गर्दै विद्यालयको शैक्षिक पूर्वाधार सुदृढीकरणका लागि नगरपालिकाले निरन्तर लगानी गरिरहेको जानकारी दिनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न भौतिक संरचनाको विस्तार अनिवार्य भएको बताउँदै भवन निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिएका छन।

कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधिहरू, शिक्षक–अभिभावक, स्थानीयवासी तथा विद्यार्थीहरूको सहभागिता उल्लेखनीय रहेको शिक्षा शाखाका मुकेश कुमार सिंहले जानकारी गराएका छन ।स्थानियले नयाँ भवनले सिकाइ वातावरण सुधार हुनेमा विश्वास व्यक्त गर्दै नगरको सहयोगप्रति आभार प्रकट गरेका छन।

नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षा सञ्चालन सहज हुने र विद्यार्थीको शैक्षिक गुणस्तरमा थप सुधार आउने अपेक्षा गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार