बिश्वास डेस्क
कलैया,मङ्सिर १९
बाराको लोकप्रिय रेडियो बिश्वास एफएम ९३.६ मेगाहर्जका प्रबन्धक साजिर मन्सूरलाई परेको मातृशोकप्रति नेपाल पत्रकार महासंघले गहिरो दुःख व्यक्त गरेको छ। आजै अपरान्ह १२:३० मा घरमै मन्सूरकी आमाको निधन भएको खबर सार्वजनिक भएपछि सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाको तर्फबाट शोक सन्देश व्यक्त गरिएको छ। बिश्वास एफएमको अध्यक्ष प्रीयन्का दासले मन्सूरको घरमै पुगेर सम्बेदना प्रकट गरेकी छन । दासले स्थापना कालदेखी बिश्वास एफएमको लागि अहोरात्र शुभेच्छा प्रदान गर्दै आएकी खातुनको निधनले बिध्वास एफएम लाई अपुरणिय छती पुगेको बताईन ।
यता नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पास्वान,नेपाल पत्रकार महासंघ मधेस प्रदेश का पुर्व सचिव गुरु गौतम,बारा जिल्ला अध्यक्ष रमेश सुवेदी,उपाध्यक्ष पन्नालाल दास,पुर्व उपाध्यक्ष राकेश पान्डे,पत्रकार महेश्वर अधिकारी,जितलाल श्रेष्ठ,अजय साह लगायतका सन्चारकर्मिहरु मन्सूरको घरमा पुगेर सम्बेद्ना प्रकट गरेका थिए । जिल्ला अध्यक्ष सुबेदिले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। महासंघले मन्सूरले भोगिरहेको दुःखद क्षणमा साथ, समर्थन र धैर्यका लागि शक्ति मिलोस् भन्ने कामना समेत गरेको छ।
दिर्घ समयदेखि सञ्चार क्षेत्रमा सक्रिय प्रबन्धक मन्सूरको परिवारमा परेको अपूर्णीय क्षतिले सम्पूर्ण सञ्चार जगतलाई मर्माहत बनाएको प्रतिक्रिया आएका छन्। स्वर्गीय आमाको आत्माको चिरशान्तिको कामना सहित प्रदेशभरका पत्रकार र शुभेच्छुकहरूले पनि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरिरहेका छन्।
आजै नेपाली काङ्ग्रेस बाराका सचिव द्वय राजेश रौनियार र भैयाराम यादव तथा नेपाली काङ्ग्रेस बारा निर्वाचन छेत्र नम्बर ३ का पुर्व सभापति काङ्ग्रेस नेता फुलमहमद मन्सूर,नेपाल हज कमिटिका सदस्य अब्दुल रहमान, लगायतका नेताले खातुनको पार्थिव शरिरमा काङ्ग्रेस को झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन । जिल्ला सचिव रौनियारले खातुनको निधनले हामिलाई अत्यन्तै मर्माहत बनाएको उनले बताए ।
आजै खातुनको कलैया ३ स्थित भवानिपुरको कबृस्तानमा मुस्लिम परम्परा अनुसार जनाजाको नमाज पढी अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ । खातुनको तीन छोरा र दुई छोरी छन । सन्चारकर्मि मन्सूर सब भन्दा कान्छा छोरा हुन ।







