प्रीयन्का दास

कलैया, मङ्सिर २० 

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति सदस्य तथा विश्वस एफएमका प्रबन्ध निर्देशक साजिर मन्सूरलाई मातृशोक परेको प्रति महासंघले गहिरो दुःख प्रकट गरेको छ।

मन्सूरकी आमाको ७५ वर्षको उमेरमा हिजो शुक्रबार मध्यान्ह बाराको कलैया उपमहानगरपालिका–३ भवानिपुरस्थित आफ्नै निवासमा दम रोगका कारण अकालमै निधन भएको खबरले पत्रकारिता क्षेत्र शोकाकुल बनेको छ। दीर्घ समयदेखि सामाजिक सेवालगायत सरल, प्रेरणादायी जीवनशैलीका लागि पहिचान बनाएकी उनी केही समयदेखि दम रोगबाट पीडित रहेको बताइएको छ।

महासंघ मधेश प्रदेश समितिले एक शोक विज्ञप्ति जारी गर्दै दिवंगत आमाको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। साथै प्रबन्ध निर्देशक मन्सूरसहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा “दिवंगत आमाको स्मृतिमा सदैव प्रेरणा मिलिरहोस्” भन्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

यता विभिन्न पत्रकार,राजनितीक दलका नेता,जनप्रतिनिधि,नागरिक समाज,गैरसरकारी संस्थाका प्रतिनिधिहरुले समाजिक सन्जालमा खातुनको निधन प्रती गहिरो दुख व्यक्त गर्दै सम्बेदना प्रकट गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर