बिश्वास डेस्क
कलैया,मङ्सिर २०
अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीको बिस्तारित बैठक हरिवन नपा-११,सगुन सहकारीको सभाहल,सर्लाहीमा सम्पन्न भएको छ । बैठकमा नेकपा(एमाले) को आसन्न ११ औं राष्ट्रीय महाधिवेशनको २७ गते भक्तपुर जिल्लाको सल्लाघारीमा हुन गइरहेको खुल्ला सभामा मधेसको ८ वटै जिल्लाबाट झण्डा,ब्यानर सहित बढीभन्दा बढी किसानको पहिचानका साथ सहभागी गराउनका लागि महत्त्वपूर्ण निर्णय र आगामी साङठानिक कामको कार्ययोजना समेत तय गरि सम्पन्न भएको संगठनका केन्द्रिय सचिव उमेश गुप्ताले जानकारी गराएका छन ।गुप्ताले यो सङ्गै नेकपा एमाले ११ औ महाधिवेशनमा के पि शर्मा ओलि कै निरन्तरता हुने मधेस प्रदेश बैठक ले निर्णय गरेको जनाएका छन ।
मधेश प्रदेश कमिटी अध्यक्ष निरन्जन चौधरीको अध्यक्षता एवम केन्द्रिय उपाध्यक्ष राजकुमार उप्रेतीको प्रमुख आतिथ्य मा सम्पन्न बैठकमा केन्द्रीय सचिब गुप्ता सङ्गै नेकपा एमाले सर्लाही उपाध्यक्ष बिदुर प्याकुरेल,स्थायी कमिटी सदस्यहरु भोला यादब, प्रकाश थापा,रुपनारायण दास लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।







