भुवन यादव
कलैया,मङ्सिर २१
बाराका दुई जना नेता आज नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। रास्ट्रीय जनता पार्टी (राजपा) का केन्द्रिय सदस्य अजहर मन्सूर तथा बारा जिल्लाका उपाध्यक्ष महन्त साह तेलि आज एक कार्यक्रमबीच कांग्रेसमा प्रवेश गरेका हुन्।
काठमाडौंमा नेपाली कांग्रेसका महामन्त्री तथा केन्द्रिय सभापति पदका उम्मेदवार गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। महामन्त्री थापाले दुवै नेतालाई कांग्रेस पार्टी भित्र टीका–खादा ओढाएर स्वागत गर्दै लोकतान्त्रिक तथा सुधारवादी मूल्य–मान्यताबाट प्रेरित भई पार्टीमा आएको भन्दै खुशी व्यक्त गरे।
उनले भने, “जनताको विश्वास जित्ने शक्तिशाली संस्थागत कांग्रेस निर्माण हाम्रो लक्ष्य हो। जनतासँग नजिक रहेका नेताहरू पार्टीमा आउनु उत्साहजनक परिवर्तन हो।”
कांग्रेस प्रवेश गरेका नेताहरूले पनि पार्टीको संगठन विस्तार, स्थानीय विकास र लोकतान्त्रिक आन्दोलनको सुदृढीकरणका लागि आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
नव प्रवेसी अजहर मन्सूरले देशलाई निकास दिन गगन थापा जस्ता नेताको आवस्यकता भएकाले अबको आवस्यकता पार्टी भित्र गगन थापालाई महाधिवेसनबाट सभापतिमा सर्वसम्मत नै गरेर अगाडी बढ्नुपर्ने बताए ।
यसलाई बारा जिल्लामा कांग्रेसका लागि महत्वपूर्ण राजनीतिक उपलब्धि मानिएको छ भने स्थानीय तहमा पार्टीबीच शक्ति सन्तुलनमा प्रभाव पार्ने अनुमान गरिएको छ।
नेपाली काङ्ग्रेस सह महामन्त्री फर्मुल्लाह मन्सूरको पहलमा वहाहरु लाई पार्टी प्रवेश गराईएको नेता महन्त साह तेलिले बताए । सो अवसरमा नेपाली काङ्ग्रेस बारा जिल्ला समिति सदस्य द्वय प्रीयन्का दास र अफ्तर मन्सूर सहित काङ्ग्रेस छेत्रीय सचिव राजेश भन्डारी,काङ्ग्रेस नेतृ मेघा शाहि सहितकाको उपस्थिति थियो ।







