साजिर मन्सूर
कलैया, मङ्सिर २३
नेशनल प्याब्सन बारा जिल्ला कार्य समितिको आयोजना तथा अगुवाहरूको उपस्थितिमा बारा जिल्लाभित्रका निजि बिधालयका Science तथा Maths शिक्षक–शिक्षिकाहरू लक्षित विशेष Training Programको आयोजना गर्ने भएको छ । यहि मङ्सिर २७ गते शनिवारका दिन उक्त कार्यक्रम गरिने बारा जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहाले जनाएका छन ।
कुश्वाहाले संस्थापक प्रिन्सिपल, नगर अध्यक्ष, प्रदेश तथा केन्द्रीय पदाधिकारी सहित जिल्ला कार्य समितिका सदस्यहरूको उपस्थित रहने बताएका छन। प्रशिक्षणले जिल्लाभित्र विज्ञान तथा गणित शिक्षणको प्रभावकारिता, शैक्षिक गुणस्तर तथा नवीनतम शैक्षिक पद्धतिबारे शिक्षकहरूलाई थप दक्ष बनाउने उद्देश्य राखिएको कुश्वाहाले जनाए। करण राज प्यालेशमा बिहान ८:३० बजे देखि कार्यक्रम रहेकाले नेशनल प्याब्सन बाराले प्रत्येक विद्यालयलाई गणित र विज्ञानका १/१ गरी २ जना शिक्षक तथा संस्थापक प्रिन्सिपलको अनिवार्य उपस्थिति सुनिश्चित गर्न अनुरोध गरेको छ।
कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको आयोजक पक्षले जनाएको छ।







