साजीर मन्सूर

कलैया,मङ्सिर २३

 कलैया उपमहानगरपालिका–१ मोतिबागका युवा आश मोहम्मद मियाँ दुबै मृगौला खराब भई जीवन जोखिममा परेका बेला समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको छ।

कलैया–१ निवासी दिवंगत समाजसेवी स्वर्गीय गोपाल प्रसाद अग्रवालकी धर्मपत्नी, सरल स्वभावकी एवम् सहयोगी मनकी धनी मञ्जु अग्रवालले मृगौला प्रत्यारोपणका लागि मियाँलाई ५० हजार रुपैयाँ चेक मार्फत सहयोग प्रदान गर्दै उल्लेखनीय कदम उठाउनुभएको छ।

सहयोग हस्तान्तरण गर्दै मन्जु अग्रवालले मानव सेवा नै सर्वोपरि मूल्य हो भन्ने सन्देश समाजमा पुनः पुष्टि गरेको छ। दिवंगत गोपाल प्रसाद अग्रवालको सामाजिक सेवाको परम्परालाई निरन्तरता दिँदै पत्नी मञ्जु अग्रवालले युवा मियाँको जीवन रक्षार्थ सहयोग गर्नुलाई स्थानीयले उच्च सम्मान प्रकट गरेका छन ।

आश मोहम्मद मियाँका परिवार जनले यस्तो कठिन घडीमा सहयोगी हात बढाउने मञ्जु अग्रवाल तथा उनीलाई जन्म दिने महान् आमा–बुबाप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

समाजसेवी एवम नागरिक समाजका अगुवा देबेन्द्र गिरिले अग्रवाल परिवारलाई यो सहयोगका लागि धन्यवाद दिदै पहिले देखिको सहयोग गर्ने भावनालाई अहिले पनि जिवित राखेकोमा मन्जु अग्रवाललाई धन्यवाद दिए । गिरिले स्वर्गीय अग्रवाल जिवित भएको बेला कलैयाको धेरै ठाउमा समाजिक कार्यमा सहयोग गरेको स्मरण गर्दै धन्यवाद दिए ।

बचाउ अभियानमा लागेका समसाद मन्सूरले मृगौला पिडित मियाँको उपचारका लागि अझै ठूलो रकम आवश्यक भएकाले सामूहिक सहयोग गर्न सबैसङ्ग आग्रह गरे ।  “तपाईंको सानो योगदानले पनि एक युवा ज्यान बच्न सक्छ,” भन्दै सबैलाई सार्थक सहयोगका लागि आह्वान गरिएको छ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर