बिश्वास एफएम
कलैया,मङ्सिर २४
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा लायन्स क्लब अफ कलैया बारा(लायन्स ईन्टरनेशनल डिस्ट्रीक्ट ३२५ S ले सदरमुकाम कलैयामा संचालन हुँदै आएको निशुल्क कपडा बैंकमा न्यानो कपडा वितरण गरेको छ । बैंकमा एक कार्यक्रम आयोजना गरि सो कपडा बितरण आज सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रम संयोजक लायन बिजय जयस्वाल र अध्यक्ष अधिवक्ता लायन सुर्यजित सिंह ले सन्युक्त रुपमा बैंक का संरक्षक साजिर मन्सूरलाई सो कपडा हस्तान्तरण गरेका थिए ।
कार्यक्रम सम्योजक लायन बिजय जयस्वालले आर्थिक रूपमा कमजोर, विपन्न तथा सहायता आवश्यक पर्ने स्थानीय नागरिकहरूलाई जाडो मौसमका लागि आवश्यक ज्याकेट, स्वेटर, टोपी, मोजा लगायतका न्यानो कपडा वितरण गरिएको जानकारी गराएका छन ।
लायन्स क्लबका पदाधिकारीहरूले मानव अधिकार दिवसले दिएको समानता, सहयोग र मानवीय संवेदनाको सन्देशलाई व्यवहारमा उतार्दै समुदायमै सेवा पुर्याउनु नै संस्थाको मुख्य ध्येय भएको बताए।
नागरिक समाज बाराका महासचिव एवम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पत्रकार सिकेन्द्र पास्वानले यस्तो सामाजिक कार्यको पहलले जाडोमा समस्या भोगिरहेका व्यक्तिहरूलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिदै लायन्स क्लब अफ कलैयालाई धन्यवाद दिएका छन्।
लायन्स क्लब अफ कलैयाका अध्यक्ष लायन अधिवक्ता सुर्यजित सिंहले आगामी दिनमा पनि कपडा बितरण र अन्य सेवामूलक गतिविधिहरू निरन्तर संचालन गर्ने प्रतिबद्धता जनाए।
सो अवसरमा निशुल्क कपडा बैंकका संरक्षक बिश्वास एफएमका प्रबन्ध निर्देशक साजिर मन्सूरले लायन्स क्लबलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्ता सहयोग गर्न आग्रह गरे । मन्सूरले लायन्स क्लबले कलैयामा गर्दै आएको समाजिक कार्यले सबैलाई मन्त्र मुग्ध बनाएको बताए ।
सो अवसरमा ग्रामीण उत्थान अभियान को अध्यक्ष माधुरी गिरि, लायन्स क्लब अफ कलैयाका सचिव मुकेश गुप्ता,प्रथम उपाध्यक्ष सुबाष जयस्वाल,दोश्रो उपाध्यक्ष बृजकिशोर साह,कोषाध्यक्ष अजय कुमार सरार्फ,संस्थापक अध्यक्ष दिलिप चौधरी,पुर्व अध्यक्ष भरत अग्रवाल,निबर्तमान अध्यक्ष प्रदिप साह उर्फ गोल्डेन, भोला सरार्फ,श्याम खेतान,राजन साह,समीर अन्सारी,राजेश पन्डित,जसपा नेपालका केन्द्रिय सदस्य कलाम अन्सारी,जनमत पार्टीका निजगढ नगर कमिटी अध्यक्ष मोजहर मन्सूर,युवा समाजसेवी सबिर मन्सूर,बैंकको सहजकर्ता अमृता कुश्वाहा लगायतकाको उपस्थिति रहेको थियो ।







