बिश्वास सम्बादाता
बारा २७ मंसिर
बारा निर्वाचन क्षेत्र नम्बरबाट यूवा नेता शम्भु बहादुर बुढाथोकी सहित ३ जनाको नाम संघिय साँसद प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
क्षेत्रिय सभापति बिजयशंकर यादवको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गरिएको हो । सिफारिस हुनेहरुमा पहिलो नम्बरमा नेपाली काँग्रेस बाराको १४ औ महाअधिवेशन अन्तरगत बारा जिल्लाको पार्टी सभापतिका प्रत्यासी, महासमिति सदस्य शम्भु बहादुर बुढाथोकी, दोस्रो नम्बर नेपाली काँग्रेसका सहमाहमन्त्री उमाकान्त चौधरी र महिलामा सिता मैनालीको नाम सिफारिस भएको पार्टीका क्षेत्रिय सचिव उपेन्द्र पटेलले जानकारी दिए ।
बुढाथोकी निजगढ निवासी हुन । उनी संविधान सभाको सदस्यमा निर्वाचन लडेका पात्र हुन भने उनी उतरी भेगको काँग्रेसको एक पिलरको रुपमा उदाएका हुन । बुढाथोकीले नेपाली काँग्रैस पार्टीलाई जिवन्त दिनका लागि जति बेला पनि कार्यकर्ताहरुलाई कुनै समस्या पर्दा सहयोग गर्ने गरेका हुन । सहमति, सहकार्य र एकतालाई शिरोधार्य गर्दै आपसी सदभाव, भाईचराको सम्बन्धलाई समेत अगाडै बढाउदै काँगेसको यात्रालाई बढाई रहेको छ । चौधरी बेलवा निवासी हुन । मैनाली भने निजगढ निवासी रहेकी छिन ।
त्यसै गरि संघिय साँसद समानुपातिक तर्फ रामनरेश कान्त, टेक बहादुर लामा, जुना देवी देव फौजदार,सुगान्धी देवी मण्डल धानुक, मुना पटेल, मुरलीधर चौधरी, सिता कुमारी पासवान, पुर्ण बहादुर बिश्वकर्मा सिफारिस भएका हुन ।
राष्ट्रिय सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवलाई एकल सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर १ का सभापति यादवले जानकारी दिए ।
चन्द्रशेखर कुमार यूवा माझ अति नै लोकप्रिय पात्र रहेका हुन । तरुण दल, नेविसंघ हुदै पार्टीको राजनितिकमा होमिएका यादव नेपाली काँग्रेसका जिल्ला सदस्य, जिल्ला, महाअधिवेशन प्रतिनिधी, महासमिति सदस्य, जिल्ला कोषाअध्यक्षको भुमिका निकै कुसलता पुर्व निर्वाह गरिसकेका उनी हाल नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापतिको रुपमा पार्टीका क्रियाशिल रहेका हुन ।
त्यसैगरि निर्वाचन क्षेत्र नमबर २ मा संघको प्रत्यक्षमा राधेचन्द्र यादवको एकल नाम सिफारिस भएको छ । क्षेत्रिय सभापति रामप्रवेश यादवको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गरेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर