साजिर मन्सूर
कलैया,मङ्सिर २७
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, बाराले जितपुर–सिमरा उपमहानगरपालिका–१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेलाई सम्मान गरेको छ । वडा अध्यक्ष वाग्लेले आफ्नो वडामा गरेको उत्कृष्ट कार्यको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको छेत्रीय सचिव राजेश भण्डारीले जानकारी गराए।
वडा अध्यक्ष वाग्लेले नेपाल सरकारबाट प्राप्त पारिश्रमिकसमेत जनताको सेवामा समर्पण गर्दै गरिब तथा दिनदुखी परिवारलाई गाईको बाछी वितरण गर्नुका साथै विभिन्न विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना तथा वितरणजस्ता उल्लेखनीय सामाजिक कार्यहरू गर्दै आएका पूरा छेत्र भर भएको प्रसंशालाई कदर गर्दै यस्तो सम्मान गर्न पाउँदा आफुहरु खुशी भएको नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री फर्मुल्लाह मन्सूरले भने ।मन्सूरले यस्ता उदाहरणीय कार्यहरूको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको हो यसले वडा अध्यक्ष वाग्लेलाई थप जनता प्रति उत्साहका साथ सेवामा लाग्न मदत मिल्ने बताए । अध्यक्ष वाग्लेले जनप्रतिनिधिको हैसियतले देखाएको निष्ठा, इमान्दारिता र सामाजिक उत्तरदायित्व अनुकरणीय रहेको भन्दै आगामी दिनमा यस्ता जनमुखी कार्यले जनविश्वास अझ बलियो बनाउने मन्सूरले विश्वास व्यक्त गरे।
सम्मान कार्यक्रममा कार्यक्रमका सभापति प्रभात कुमार चौरासियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री फरमुल्लाह मन्सुर प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति जयचन्द चौरासिया, उपमेयर प्रत्यासी मेघा शाही, क्षेत्रीय सचिव राजेश भण्डारी, मुस्लिम संघका महासचिव प्रबेज अन्सारी, महाधिवेशन प्रतिनिधिहरू, वडा सभापतिहरू, वडा अध्यक्षका उम्मेदवारहरू तथा स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







