नुर आलम बादशाह
मङ्सिर २७ गते
बाराको पचरौता नगरपालिकाको आयोजनामा ३ दिने बृहत आँखा शिविर सम्पन्न भएको छ। हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा पचरौता वडा नम्बर ७ स्थित बेनौली स्वास्थ्य चौकीमा मोतियाबिन्द रोगीको शल्यक्रिया गर्न मङ्सिर २५ गते देखि २७ गतेसम्म संचालित नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ।
शिविरमा नगर प्रमुख जलन्धर सिंहले निस्वार्थ रूपमा सेवा प्रदान गरी आँखा शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हेटौडा सामुदायिक आँखा अस्पताल परिवारलाई धन्यबाद प्रकट गर्नुभयो ।
साथै उहाँले पालिकाका कुनै पनि व्यक्तिले समयमा आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले संचालन गरिएको यस शिविरबाट आँखा सम्बन्धी देखिने समस्याको पहिचान भई उपचारमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।
शिविरमा कुल २ सय ७ जना मोतियाबिन्द रोगीको शल्यक्रिया गर्नुका साथै आवश्यक औषधिहरू समेत वितरण गरिएको जानकारी स्वस्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद साहले दिए ।







