साजिर मन्सूर
कलैया,मङ्सिर २८
नागरिक उन्मुक्ति पार्टीको मधेस प्रदेश अन्तर्गतको भातृ संगठन नागरिक मुस्लिम समाज को मधेस प्रदेश अध्यक्षको रूपमा लाल महम्मद अंसारी चयन भएका छन । आजै एक कार्यक्रमबीच औपचारिक घोषणा गरि कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएर उनलाई चयन गरेका छन । प्रमुख अतिथि चौधरीले अंसारीलाई अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र विधानअनुसार संगठनलाई मजबुत बनाउँदै लैजान आग्रह गर्नुभयो।
नव–नियुक्त अध्यक्ष अंसारीले पार्टीप्रति आभार व्यक्त गर्दै मधेस प्रदेशमा मुस्लिम समुदायको हकहित, अधिकार र सामाजिक विकासका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नागरिक उन्मुक्ति पार्टीलाई जनस्तरसम्म मजबुत बनाउने र संगठन विस्तारमा लाग्ने बताउनुभयो।
कार्यक्रममा पार्टीका प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







