साजिर मन्सूर
कलैया,मङ्सिर २९
गणतान्त्रिक राष्ट्रिय निषाद संघका केन्द्रीय महासचिव कृष्ण प्रसाद सहनी सहितका नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली काङ्ग्रेस बुथ समिती कलैया ३ भवानिपुरमा एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला नेतृत्वको उपस्थितिमा उनीहरूलाई पार्टी प्रवेश गराइएको बुथ सभापति महेश गुप्ताले जनाए । प्रवेश कार्यक्रममा बोल्दै सहनीले लोकतन्त्र, समावेशीकरण र सामाजिक न्यायको एजेण्डालाई मजबुत बनाउने उद्देश्यले कांग्रेस रोजेको र काङ्ग्रेस ले नै समस्त निषाद समुदायको हकहित स्थापित गराउन सक्ने ठोकुवा गरेका छम । उनले कांग्रेसभित्र रहेर निषाद समुदायका हक–अधिकार, विकास र प्रतिनिधित्वका लागि सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाली कांग्रेसका सह महामन्त्री फर्मुल्लाह मन्सूरले वहाहरुको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै सहनीसहित प्रवेश गर्ने सबैलाई स्वागत गरे। उनीहरूले समावेशी राजनीति र सबै समुदायको सहभागिताबाट मात्रै देशको समृद्धि सम्भव हुने धारणा राखे।
सहनी सङ्गै स्थानिय युवा समाजसेवीहरु राजकुमार राउत,चनर देव प्रसाद कोईरी पनि काङ्ग्रेस प्रवेश गरेका छन । कार्यक्रममा छेत्रीय सचिव राजेश भन्डारी,पुर्व छेत्रीय सभापति फुलमहमद मन्सूर,काङ्ग्रेस युवा नेता सन्जय गुप्ता,काङ्ग्रेस छेत्र ३ ख को सचिव नेजामुदिन अन्सारी,प्यारेलाल साह कानु,आशिक महमद मन्सूर,राजेश गुप्ता,समीर मन्सूर सहित स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।







