साजिर मन्सूर
कलैया,मङ्सिर २९
रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज श्रीपुर मनहर्वाको आज बिधिवत रुपमा डोङ्गा पुजा सम्पन्न भएको छ । मिलका सन्चालक बिरेन्द्र संघाईको विशेष उपस्थितिमा पुजा सम्पन्न भएको हो । प्रती बर्ष चिनिमिलमा उखु क्रसिङ्ग भन्दा पहिले विशेष पुजापाठ गरि मिल सन्चालन हुने परमपरा रहदै आए अनुसार सो पुजा गरिएको केन मेनेजर अवध झाले जानकारी गराए । डोङ्गा पुजा भए सङ्गै उखु किसानहरुमा खुशियाली छाउने उखु किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुश्वाहाले बताउदै अन्य चिनिमिलको बहकाउमा नपरी यो मिलमा नै उखु दिन सबै किसान सङ्ग आग्रह गरे ।
मिलका जेनेरल म्यानेजर गौरव सिलोडिया पुजामा बसेका थिए ।
पछिल्लो बर्ष २५ लाख ११ हजार क्विन्टल उखु क्रसिङ्ग भएकोमा यो बर्ष ३२ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य रहेको मिलका जेनेरल म्यानेजर सिलोडिया ले जानकारी गराए । सिलोडियाले सहज उखु चलान तथा भुक्तानी गर्ने नेपालको एक नम्बर चिनिमिल रिलायन्स चिनिमिल रहेको सारा नेपाली उखु किसानलाई थाहा भएकोले यो नै हाम्रो बलियो आधार भएको बताएका छन ।
सो अवसरमा उखु किसान संघ बाराका सल्लाहकार मुकेश कुश्वाहा,रामानन्द यादव,सुरक्षा निकायका प्रतिनिधिहरु,उखु किसानहरु,मिलका कर्मचारी तथा सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।







