बिश्वास डेस्क

कलैया,पुष १

एमालेमा युवामाझ लोकप्रिय सालिन मानिएका बाराका युवा नेता इ. मोबिन आलमले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएसङ्गै युवामा खुशी छाएको छ । आलमले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको समूहबाट उम्मेदवारी दिएका हुन् ।

४० वर्ष मुनिको मधेश युवाबाट उम्मेदवारी दिएका आलम बारा परवानीपुरका युवा नेता हुन् । आलम युवामा लोकप्रिय रहेका छन् ।

एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेका आलम राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिव पनि हुन् । उनी बाराका लोकप्रिय नेता स्वर्गीय महमुद आलमका छोरा हुन् । पार्टी कार्यकर्ता सङ्गै जनताको समस्यामा आफै लागिपर्ने उनको छबिले उनी अत्याधिक मतले बिजयी हुने एमाले युवा नेता पुरुशोतम साहले बताएका छन ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर