साजिर मन्सूर
कलैया,पुष १
अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रम अन्तर्गत सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यशाला कलैया उपमहानगरपालिकामा शुरु भएको छ।
युनिसेफ (UNICEF) नेपालको सहकार्यमा आयोजित उक्त कार्यशालाको उद्देश्य सामुदायिक सिकाइ केन्द्रहरूलाई थप प्रभावकारी बनाउँदै स्थानीय समुदायमा शिक्षा, सिप विकास र आजीवन सिकाइको पहुँच विस्तार गर्नु रहेको जनाईएको छ ।
कार्यशालामा सामुदायिक सिकाइ केन्द्र सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण, समावेशी शिक्षा, जीवनोपयोगी सिप, तथा समुदायमा शिक्षाको भूमिकाबारे सहभागीहरूलाई प्रशिक्षण दिईने भन्दै सहजकर्ता
सम्मुनत नेपालका फिल्ड अफिसर अरबिन्द साहले कार्यक्रमको सहजिकरण गरिरहेका छन ।
कार्यक्रममा उपमहानगरपालिका भित्रका सबै सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूको सहभागिता रहेको छ।
कलैया उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले यस्तो किसिमको तालिमले समुदायस्तरमा शिक्षा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन । यादवले सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्दै सिकाइ केन्द्रहरूलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाउन लगाएका छन्। सामुदायिक सिकाई केंद्रलाई अझ बलियो शसक्त बनाउन आवस्यक सहयोग कलैया उपमहानगरपालिकाले गर्ने भन्दै पुर्ण ईमान्दार भएर कार्य गर्न निर्देशन दिएका छन ।
कार्यक्रमको आयोजना कलैया उपमहानगरपालिका, बाराले गरेको हो भने शिक्षा तथा मानव श्रोत बिकास केन्द्र,शिक्षा तथा संस्कृति मन्त्रालय,मधेस प्रदेशको समन्वय तथा सम्मुनत नेपालको प्राबिधिक सहयोगमा भैरहेको छ ।







