साजिर मन्सूर 

कलैया,पुष ४

कलैया उपमहानगरपालिका स्थित सिद्धेश्वर क्रिकेट खेल मैदानमा कर्मचारी प्रिमियर लिग (Season–1) क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता २०८२ पुष ४ गतेदेखि पुष १९ गतेसम्म सञ्चालन हुने आयोजक मध्येका नेपाल निजामती कर्मचारी संगठन बाराका अध्यक्ष सागर गुप्ताले जनाएका छन ।

प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथि बिश्रामपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरिले यो प्रतियोगिताले सम्पुर्ण कर्मचारीहरुको मनोबल उच्च पार्ने अपेक्षा गरेका छन ।

सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, स्वास्थ्य प्रवर्द्धन तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोले केशरीले पुर्ण अनुशासित भएर खेल्न सबैमा शुभकामना दिए ।  प्रतियोगितामा बाराका विभिन्न सरकारी निकाय तथा कार्यालयका कर्मचारी टिमहरूको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रादेशिक अस्पताल कलैया, मालपोत कार्यालय कलैया, कलैया उपमहानगरपालिका, बारा जिल्ला अदालत, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, विश्रामपुर गाउँपालिका तथा उच्च अदालत वीरगञ्ज लगायतका टिमहरू सहभागी छन्।

कर्मचारीहरूबीचको खेल भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आयोजकले प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको बताएका छन्। प्रतियोगिताका खेलहरू हेर्न सर्वसाधारण दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतियोगिताको आयोजना सम्पूर्ण निजामती कर्मचारी बारा द्वारा गरिएको हो।

सो अवसरमा आदर्श कोत्वाल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय चौरसिया,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,लेखा प्रमुख बजरङ्गी जयस्वाल,ईन्जिनियर किशोर यादव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर