साजिर मन्सूर 

कलैया,पुष ४

कलैया उपमहानगरपालिका स्थित सिद्धेश्वर क्रिकेट खेल मैदानमा कर्मचारी प्रिमियर लिग (Season–1) क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा प्रादेशिक अस्पताल कलैयाले बिजयी शुरूवात गरेको छ । सिदेस्वर खेल परिषरमा शुरु भएको उदघाटन खेलमा प्रादेशिक अस्पताल कलैयाले कलैया उपमहानगरपालिकालाई ५ बिकेटले पराजित गरेको छ । टस जितेर पहिले हस्पिटलले बलिङ्ग रोजेको थियो । ब्याटिङ्गमा उत्रेको कलैया उपमहानगरले १५ ओभरमा ११६ रन बनाएको थियो । कलैया उपमहानगरका लागि सौरभ छेत्री २३ बलमा ४४ रन बनाए । शैलेश मन्डलले १८ बलमा १३ रन त्यस्तै दिपक रजकले ११ बलमा ११ रन बनाएका थिए । बलिङ्ग तर्फ अस्पतालका त्रीपुरारी राउतले ३ ओभरमा ८ रन दिएर २ बिकेट लिए । त्यस्तै रन्जित मिश्राले ३ ओभर मा २९ रन दिएर २ बिकेट लिए । बाल कुमार २ ओभरमा १७ रन दिएर २ बिकेट हात पारेका थिए ।

 

जवाफी ब्याटिङ्गामा ओर्लेको कलैया अस्पताल १४.१ ओभरमा ५ बिकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । म्यान अफ द म्याच समेत भएका प्रादेशिक अस्पताल कलैयाका उमेद यादवले सर्वाधिक ४१ बलमा ६५ रन बनाए । डा.मुकुन्द यादवले ११ बलमा ११ रन बनाएर सहयोग गरे । वलिङ्गमा कलैयाका लागि रबि साहले ३,दिपक रजक २ बिकेट लिएको स्कोरर मनु हवारिले जनाए ।

 

दोस्रो खेलमा आदर्शकोत्वाल गाउपालिकाले बिश्रामपुर गाउपालिकालाई १ रनले पराजित गरेको हो ।

आदर्श कोत्वालले १५ ओभरमा ७ बिकेट गुमाएर १०३ रन बनाएको थियो । आदर्श कोत्वालका लागि अजित पटेल ३६ रन,राम प्रवेश १६ बनाए ।

बलिङ्गमा बिश्रामपुरको किशनन्दन यादव ३ ओभर १२ रन दिएर २ बिकेट लिए । रुपेशले २ ओभरमा १३ रन दिएर २ बिकेट लिए ।

 

जवाफी ब्याटिङ्गमा आएको बिश्रामपुरले १५ ओभर खेलेर १०२ रन बनाएर १ रनले पराजित हुन पुग्यो । बिश्रामपुरका लागि दिपेन्द्रले ४४ रन,कृशनन्दन ले १८ रन मात्र बनाउ सके । आदर्सकोत्वालका लागि अजित पटेलले ३ ओभरमा ८ रन दिएर महत्वपुर्ण ३ बिकेट लिएका थिए ।

 

दोस्रो खेलको म्यान अफ द म्याच आदर्श कोत्वाल गाउपालिकाको अजित पटेल घोषित भए । उनलाई आदर्श कोत्वाल गाउपालिकाका अध्यक्ष जवाहर प्रसादले ट्रफी हस्तान्तरण गरे ।

 

भोलीको पहिलो खेल मालपोत कार्यालय कलैया र जिल्ला अदालत बारा बिच बिहान ९ बजे हुने आयोजकले जनाएको छ । त्यस्तै अर्को खेल दिउँसो १ बजे सिमरौनगढ नगरपालिका र उच्च अदालत पर्सा बिच हुने आयोजकका हवारिले जनाएका छन ।

 

प्रतियोगिता २०८२ पुष ४ गतेदेखि पुष १९ गतेसम्म सञ्चालन हुने आयोजक मध्येका नेपाल निजामती कर्मचारी संगठन बाराका अध्यक्ष सागर गुप्ताले जनाएका छन ।

प्रतियोगितामा प्रादेशिक अस्पताल कलैया, मालपोत कार्यालय कलैया, कलैया उपमहानगरपालिका, बारा जिल्ला अदालत, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, विश्रामपुर गाउँपालिका तथा उच्च अदालत वीरगञ्ज लगायतका टिमहरू सहभागी छन्।

 

प्रतियोगिताको आयोजना सम्पूर्ण निजामती कर्मचारी बारा द्वारा गरिएको हो।

सो अवसरमा आदर्श कोत्वाल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय चौरसिया,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,लेखा प्रमुख बजरङ्गी जयस्वाल,ईन्जिनियर किशोर यादव लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर