साजिर मन्सूर 

कलैया,पुस ५

कलैया उपमहानगरपालिका स्थित सिद्धेश्वर क्रिकेट खेल मैदानमा जारी कर्मचारी प्रिमियर लिग (Season–1) क्रिकेट प्रतियोगिताको आज भएको खेलमा मालपोत कार्यालय बारालाई ६ बिकेटले पराजित गर्दै बारा जिल्ला अदालत बिजयी भएको छ ।

टस जितेर जिल्ला अदालत बाराले फिल्डिङ्ग रोजेको थियो । ब्याटिङ्ग गर्दै मालपोत कार्यालय बाराले निर्धारित १५ ओभरमा ८ बिकेटको छतिमा ८६ रन बनाउन सक्यो । मालपोतका लागि दिनेश यादवले २२ रन र सुनिल चौधरीले १२ रन बनाएका थिए । अदालतबाट बलिङ्ग गर्दै दिपक रायले ३ ओभरमा १४ रन खर्चेर ३ बिकेट लिए ।

 

८७ रनको लक्ष्य पस्छ्याएको अदालतका तर्फबाट सन्जिव रायले २७ रन बनाए । शैलेन्द्र यादवले ३५ रन बनाउदै टिमलाई बिजयी गराएका थिए । बलिङमा मालपोतको तर्फबाट परवेज आलमले ३ ओभरमा १४ रन दिएर २ बिकेट हात पारे ।

 

आजको खेलमा बिजेताको तर्फबाट सर्वाधिक रन बनाएर शैलेन्द्र यादव म्यान अफ द म्याच घोषित भएको स्कोरर मनु हवारिले जानकारी गराए ।

आजको दोस्रो म्याच सिमरौनगढ नगरपालिका र उच्च अदालत पर्सा बिच दिउँसो १ बजे बाट हुने जनाईएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर